२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य जनशक्ति उत्पादन गर्दै विराट अस्पताल

स्वास्थ्य जनशक्ति उत्पादन गर्दै विराट अस्पताल


विराटनगर – सन् २०१४ मा स्वीकृत पाएको मोरङको बुढीगंगा गाउँपालिका २ टंकिसिनवारीस्थित विराट मेडिकल कलेजले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । अत्याधुनिक र सुविधासम्पन्न पूर्वाधार रहेको विराटमा दक्ष प्राध्यापकहरूले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले हालसम्म ९५ जनाले एमबीबीएस उत्तिर्ण गरेका छन् ।

साढे चार वर्षको कोर्ष हुने एमबिबिएस फाइनल परीक्षामा ९५ जना विद्यार्थी सामेल भएका थिए । काठमाण्डौं विश्व विद्यालयले लिएको फाइनल परीक्षामा सतप्रतिशत विद्यार्थी उत्तिण भएको विराट मेडिकल कलेजले जनाएको छ ।

यस्तै, नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा पनि सतप्रतिशत उत्तिर्ण भएको कलेजका प्रिन्सिपल हेमसागर रिमालले जानकारी दिए ।

यही वर्षदेखि विराट मेडिकलले बिएससी नर्सिङ र फिजियोथेरापीमा पनि सम्बन्धन पाएको छ । नयाँ शैक्षिक सत्रदेखि कक्षाहरू संचालन हुनेछ । अहिले उक्त कोर्षको लागि भर्ना खुलाउने तयारीमा रहेको छ । विराट मेडिकल कलेजमा एमबीबीएसमा एक सय, फिजियोथेरापीमा ३० र नर्सिङमा २० जनाको कोटा हो ।

विराट मेडिकल कलेजको अध्यापनको लागि छुट्टै सुविधा सम्पन्न भवन रहेको छ । प्रयोगत्मक क्रियाकलापको लागि कक्षा कोठाहरु रहेका छन् । शैक्षिक कार्यक्रम संचालनको लागि एकाडेमिक संरचानाहरू पनि छन् ।

‘पढाइमा चाहिने अडियो, भिडियोसहितको सुविधासम्पन्न पूर्वाधार रहेको छ,’ प्रिन्सिपल रिमालले भने, ‘हामीले दक्ष प्रध्यापकहरु पठनपाठन सुचारू गरेका छौं ।’ विद्यार्थीहरूको लागि इ–पुस्तकालय, फिजिकलसहितको एयर कन्डिसनर भएको पुस्तकालयहरु पनि रहेको छ । जहाँ विद्यार्थीहरूले भयरहित तरिकाले शान्त  वातावरणमा अध्ययन गर्न पाउने कलेजले जनाएको छ ।

पाँच सय शैय्याको हस्पिटल विराटमा मुलुकलाई आवश्यक पर्ने स्वास्थ्य जनशक्तिहरू उत्पादन गरिरहेको छ । यिनै जनशक्तिले मुलुकको विभिन्न क्षेत्रमा रहेर स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका छन् । चौबीसै घण्टा आकस्मिक सेवा प्रदान गर्दै आइरहेको विराटमा लाखौँं जनसंख्यालाई वर्षेनी स्वास्थ्य सेवा पु–याइरहेको छ ।

प्रदेश १, २ देखि पहाडी र तराइका जिल्लाबाट आउने बिरामीका जटिल प्रकारका स्वास्थ्य समस्यालाई विराट मेडिकल कलेजको शिक्षण अस्पतालका विशेषज्ञहरूबाट सेवा दिइरहेको छ ।

सरकारले अघि सारेको स्वास्थ्य बिमा कार्यक्रमअनुसार उपचार सेवा दिइरहेका छ। समग्रमा विराट मेडिकल कलेजको शिक्षण अस्पतालले हरेक वर्गको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच हुनेगरी सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको कलेजले जनाएको छ ।

विराट मेडिकलमा प्रत्येक दिन १२ सय बढी ओपीडिमा विरामी आउने गर्दछन् । दैनिक भर्ना ३० देखि ३५ जना हुने गरेकोले कलेजले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ