२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराट मेडिकल कलेजमा बाढी पस्दा १ करोड १५ लाखको क्षति (भिडियो)

विराट मेडिकल कलेजमा बाढी पस्दा १ करोड १५ लाखको क्षति (भिडियो)


विराटनगर – लगातार परेको वर्षाले मोरङको टंकिसिनवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल  परिसरभित्र पानी पस्दा १ करोड १५ लाखको क्षति भएको छ ।

दुईदिन यतादेखि लगातार परेको वर्षा अस्पताल परिसरभित्र पस्दा बिरामीको उपचार गर्ने उपकरणमा पानी पसेर १ करोड भन्दा बढीको क्षति भएको कलेजले जनाएको हो ।

वर्षासँगै आएको बाढी विराट मेडिकल कलेजको आकस्मिक र ओपीडी कक्षमा पसेको थियो । अस्पतालभित्र पानी पसेकाले बुधबार र बिहीबार अस्पतालको ओपीडी सेवा बन्द गरिएको थियो ।

जलमग्न भएको पानी र सरसफाइ गरेपछि शुक्रबारदेखि ओपीडी सेवा सुचारु गरेको अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।

पानी अस्पतालभित्र छिर्दा सिटीस्क्यान मेशिन, ए–क्सरे, मेसिन, कटथ मेसिन, डेण्टल सियर, युएसजी मेशिन, कम्प्युटर सेट, प्रिन्टर इमेजिङसहितका मेसिनरीहरु क्षति भएको अस्पतालले जनाएको छ । भिडियो हेर्नका लागि यहाँ  क्लिक गर्नुहोस 

 

 


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ