२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सर्जिकल सामान भन्दै दर्ता नभएको औषधी ल्याउने गिरोह सक्रिय

सर्जिकल सामान भन्दै दर्ता नभएको औषधी ल्याउने गिरोह सक्रिय

विराटनगरको कान्तिपुर सर्जिकल सिलवन्दी


विराटनगर – कमाउ धन्दामा लागेका गिरोहले अनेक जुक्ति लगाएर औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी भारतदेखि नेपालमा भित्र्याउने गरेको पाइएको छ । भारतदेखि सर्जिकल सामान भन्दै दर्ता नभएका औषधीहरू नेपाल भित्र्याउने गिरोह सक्रिय भएको पाइएको हो ।

विराटनगर – १३ मा सत्यन्त्र कुमार सिंहले संचालन गरेको कान्तिपुर सर्जिकलबाट ठूलो परिमाणमा औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी फेला पारेपछि यस्तो रहस्य बाहिर आएको छ ।

औषधी व्यवस्था विभाग विराटनगरले अनुगमनको क्रममा कान्तिपुर सर्जिकलदेखि तीन कार्टुन औषधी विभागमा दर्ता नभएका औषधी बरामद गरेको हो । विभागले भिसकोलन (एचपिएमसि), हाइलुरोन (सोडियम हाइलुरोनेट अफ थालमिक सोलुसन) र स्टेराएल अप थालमिक इरीगेटिङ सोलुसन ( कन्टासोल) नामकको औषधी कान्तिपुर सर्जिकलदेखि बरामद गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए ।

‘बरामद गरेको औषधी भारतीय कम्पनीको हो । यो औषधी अहिलेसम्म औषधी व्यवस्था विभागमा दर्ता भएको छैन । अहिले सर्जिकल सामान भन्दै यो औषधी भन्सार काटेर पनि ल्याउने गरेको पाइएको छ,’ उनले भने, ‘विभागमा दर्ता नभएको औषधी यसरी ल्याउन मिल्दैन ।’

कतिपय बरामद भएको औषधी चोरी, तस्करी भएर अवैध रुपमा पनि नेपाल भित्र्याउने गरेको पाइएको छ ।

‘बरामद गरेको औषधी आँखामा र अतिआवश्यक इन्जेक्सन औषधी हो । आँखामा प्रयोग हुने औषधी संवेदनशील हुने गर्दा यसको गुणस्तर मापन गरिन्छ । गुणस्तरहिन औषधी आँखामा प्रयोग गर्दा आँखाको ज्योतीसमेत गुम्न सख्ने खतरा हुन्छ,’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले भने, ‘त्यही भएर पनि आँखामा प्रयोग हुने औषधी गुणस्तरीय हुनुपर्दछ । विभागमा दर्ता भएको औषधी प्रयोगमा ल्यानुपर्दछ ।’

आँखाको औषधी ल्याउँदा विभागमा दर्ता भए नभएको हेरेर मात्र खरिद बिक्री र विरामीलाई बिक्री वितरण गर्न पनि बिभागले फार्मेशीहरूलाई आग्रह गरेको छ ।

दर्ता बेगारको औषधी बिक्री वितरण गरेको अनुगमनको क्रममा भेटिएपछि विभागले कान्तिपुर सर्जिकल सिलवन्दी गरेको छ । ‘कैफियत भेटेपछि अर्को निर्णाय नभएसम्मको लागि कान्तिपुर सर्जिकल शिलबन्दी गरिएको छ,’ कट्टेलले भने, ‘संचालकलाई विभागमा उपस्थित हुन पत्रचार गरिएको छ । अहिले थप अनुसन्धान भइरहेको छ ।’ दर्ता बेगारको औषधी बिक्री वितरण गर्ने पसललाई विभागले सिलवन्दी गरे औषधी ऐन अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने गरेको छ ।

केही दिन अगाडी पनि बिरामीले सेवन गर्ने औषधी दर्ता बेगार विराटनगरको एक चस्मा पसलले बिक्री वितरण गरेको भेटिएपछि विभागले कारवाही गरेको छ । विराटनगर आँखा अस्पताल अगाडी विराटनगर – १३ मा रहेको गुगल चस्मा घरका संचालक विकास साहले अनुमति लिएको भन्दा बाहिर गएर औषधी बिक्री वितरण गरेको भेटिएपछि औषधी व्यवस्था विभाग विराटनगरले पसल सिलवन्दी गरेको थियो ।

सो चस्मा घरले अनुमति बेगार विक्री वितरणमा राखिएको औषधी पनि विभागले बरामद गरेको थियो । विभागबाट स्वीकृत नलिकन मनलाग्दी तरिकाले पसल संचालन गरेर औषधीको बिक्री वितरण गर्नेलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको छ ।

यसअघि औषधी पसल खोलेपनि विभागदेखि स्वीकृत नकिलन तराइको र पहाडी जिल्लाका फार्मेशीहरूले औषधी विक्री वितरण गर्ने गरेका थिए । तर, पछिल्लो समय चस्मा पसलहरूले पनि खुल्लेआम औषधीविक्री वितरण गर्न थालेपछि अनुगमनलाई तिव्रता दिएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको तीन महिना असोजसम्ममा दर्ता नभएका १८ वटा फार्मेशीलाई औषधी व्यवस्था विभाग विराटनगरले कारवाही गरेको छ । अनुगमनको क्रममा दर्ता बेगार फार्मेसी संचालन गरेको पाइएपछि साउनदेखि असोजसम्मा सो संख्यामा कारवाही गरिएको हो ।

अनुगमनको क्रममा व्यवसायी (फार्मेसिष्ट ) अनुपस्थित भएका ४३ फार्मेशीलाई कारवाही गरिएको छ । यस्तै, विभागमा दर्ता नभएका औषधी बिक्री वितरण गर्ने ६ फार्मेसीलाई पनि कारवाहीको दायरामा ल्याएको बिभागले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ