२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अस्पतालभित्रै चस्मामा ठगी, १२ सय पर्ने चस्मा २६ सयमा विक्री

अस्पतालभित्रै चस्मामा ठगी, १२ सय पर्ने चस्मा २६ सयमा विक्री


विराटगनर – प्रदेश १ को राधजानी रहेको सहर विराटनगरका ठूला अस्पतालभित्रै उपभोक्ताले चस्मा खरिद गर्दा ठगीमा परेका छन् । कमाउ धन्दामा लागेका व्यापारीले उपभोक्तासँग मनपरि मुल्य लिएर ठगी गर्ने गरेको पाइएको हो ।

विराटनगरमा रहेको सबैभन्दा ठुलो आँखा अस्पतालले चस्मामा उपभोक्तालाई ठगी गर्ने गरेको पाइएको छ । विराटनगर आँखा अस्पताल भित्र रहेको चस्मा पसलले अत्याधिक बढी मुल्यमा चस्मा विक्री वितरण गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रुपैयाँ जरिवना गरेको छ ।

विराटनगर ११ की शान्तादेवी बरालले विराटनगर आँखा अस्पताल भित्र रहेको चस्मा पसलदेखि चस्माको लेन्स दोब्बर बढी मुल्यमा खरिद गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिक चस्मा पसललाई कारवाही गरिएको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

‘विराटनगरको अन्य चस्मा पसलहरुमा संस्थागत रुपमा बुझदा चस्माको लेन्सको मुल्य १ हजार २ सय रुपैयाँ हाराहारीमा विक्रीवितरण गर्ने गरेको पाइएको छ । तर, विराटनगर आँखा अस्पतला भित्र रहेको चस्मा पसलले लेन्सको उत्पादन मुल्य २ हजार ५ सय कायम गरि २ हजार ६ सयमा बिक्री वितरण गरेर अधिक मुनाफा आर्जन गरि उपभोक्तालाई विक्रीवितरण गरेको भेटिएपछि विराटनगर आँखा अस्पताललाई कारावहीको दायारमा ल्याएको हो,’ उनले भने ।

कार्यालयले उपभोक्तासँग बढी मूल्य लिएको रकम पनि पसलले उपभोक्तालाई फिर्ता दिन पनि निर्देशन दिएको छ । चस्मा पसललाई आगमी दिनमा २० प्रतिशत मात्र नाफा राखेर चस्माहरुको उपभोक्ता मुल्य कायम गर्न पनि निर्देशन दिएको प्रमुख पोखरेलले जानकारी दिए ।

उपभोक्ता बरालले चस्माको लेन्स खरिद गर्दा बजारभन्दा बढी मुल्य विराटनगर आँखा अस्तपालले लिएको पाइएपछि उनले आफु ठगीमा परेको पत्तो पाएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएकी थिइन् । उक्त उजुरीलाई आधार मान्दै वाणिज्यले अनुगमन गरि बढी मुल्य लिने पसललाई कारवाहीको दायारमा ल्याएको छ ।

बजारमा गलत क्रियाकलाप भएको अवस्थामा उपभोक्ताले दिएको तथ्यपूर्ण उजुरीसम्बन्धमा शिघ्र अनुगमन हुने हुदा आफुले कुनै बस्तु र सेवा खरिद गर्दा ठगिएका महशुस भएमा तत्काल उजुरी गर्न कार्यालय प्रमुख पोखरेलले आग्रह पनि गरेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ