२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी व्यवसायीद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

औषधी व्यवसायीद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण


विराटनगर – नेपाल औषधी व्यवसायी संघ मोरङले पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संघले बिहीबार नेपाल पत्रकार महासंघ मोरङलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

तेस्रो लहरमा फैलिएको कोभिड-१९ बाट जोगिन अग्रंपत्तीमा खटिने संचारकर्मीलाई संघले माक्स, सेनिटाइजर र सिटामोल वितरण गरेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष ढकाल, सदस्य प्रकाश धिमालले नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सन्जिब खनाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । संघले सामाजिक उत्तरदायित्व अन्तर्रगत संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

यसअघि पनि संघले प्रहरी, ज्येष्ठ नागरिक तथा असाय बालवालिकाहरुलाई स्वास्थ्य सामाग्री, खाद्यान्य र स्वास्थ्य शिविरहरु पनि गर्दै आएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ