२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ का स्वास्थ्यमन्त्रीको १०० दिने प्राथमिकता : फिस्टुलाको शल्यक्रिया कार्यक्रमदेखि अस्पताल स्तरोन्नतीसम्म

प्रदेश १ का स्वास्थ्यमन्त्रीको १०० दिने प्राथमिकता : फिस्टुलाको शल्यक्रिया कार्यक्रमदेखि अस्पताल स्तरोन्नतीसम्म


विराटनगर– प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले जिम्मेवारी सम्हालेको २२ दिनपछि एक सय दिने प्राथमिकता सार्वजनिक गरेका छन् । सामाजिक विकास मन्त्रालय टुक्राएर स्वास्थ्य मन्त्रालय छुट्टै गठन भएपछि सो मन्त्रालय रोजेका मन्त्री यादवले एक सय दिने प्राथमिकतामा प्रदेश भित्रका अस्पतालहरुसँग सम्झौता गरी फिस्टुलाको शल्यक्रिया कार्यक्रम संचालन गर्नेदेखि प्रदेश अन्तर्गतका अस्पतालहरु स्तरोन्नती गर्नेसम्मलाई राखेका छन् ।

मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनमा मन्त्री यादवले एक सय दिने प्राथमिकताका सार्वजनिक गरेका हुन् । २० बुँदे प्राथमिकता सार्वजनिक गर्दै स्वास्थ्य मन्त्री यादवले सीमित स्रोत साधनले नागरिकका अनेकाैं चाहाना र स्वास्थ्य प्रणालीका चुनौतीहरु एकैचोटी समाधान गर्न नसके पनि मन्त्रालयका गतिविधिहरुलाई थप ब्यवस्थित गरेर अगाडी बढने बताए । ‘कार्ययोजनाका कार्यहरु प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटले निर्दिष्ट गरेका प्राथमिकता र तत्कालीन आवश्यकातालाई सम्बोधन गर्ने गरी तयार गरिएको छ,’ स्वास्थ्यमन्त्री यादवले भने ।

मन्त्री यादवले प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुबाट मानिसमा सर्ने रोगहरुको नियन्त्रणका लागि एक स्वास्थ्य रणनीति तयार गर्ने, स्वास्थ्य बिमा वोर्डको प्रदेश नं. १ को कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेश गर्ने, मेची अस्पताललाई २ सय शैय्यामा स्तरवृद्धि गर्न आवश्यक तयारी गरी स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने, विशेषज्ञ चिकित्सकको लागि सुविधा सम्बन्धिको निर्देशिका स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेस गर्ने रहेको छ ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयमा महाशाखा र शाखाहरुको कार्य विवरण तयार गर्ने, प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा आप्mनै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाहरुको सुदृढीकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारी, इनरुवा अस्पताल र गाईघाट अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तथा प्रेषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने प्राथमिकता रहेको मन्त्री यादवले बताए ।

प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको लागि जग्गा ब्यवस्थापन गर्ने, कोभिड—१९ को अवस्था, खोपलगायतका सम्पूर्ण जानकारी नियमित रुपमा सार्वजनिक गर्ने, प्रोल्याप्स युटरेस र फिस्टुलाको शल्यक्रिया प्रदेशभित्रका अस्पतालहरुसँग सम्झौता गरी कार्यक्रम संचालन गर्ने व्यवस्था गर्ने, स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायहरुको कर्मचारी दरबन्दीको अवस्था अध्ययन गरी रिक्त पद परिपूर्ति गर्न सम्बन्धित निकायमा पहल गर्ने, प्रदेशभरिका स्वास्थ्यकर्मीहरुको रिक्तपदको विवरण संकलन गरी लोक सेवामा पठाइने, बजेटमा व्यवस्था भएका विभिन्न कार्यक्रम कार्यान्वयनका लागि आवश्यक मार्गदर्शन तयार गर्नेलगायत रहेको प्राथमिकता सार्वजनिक गरेको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ