२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नारी दिवसमा न्यूरोको विविध कार्यक्रम, उपचार सेवामा छुट

नारी दिवसमा न्यूरोको विविध कार्यक्रम, उपचार सेवामा छुट


विराटनगर – विराटनगरस्थित न्यूरो हस्पिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । न्यूरो अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरी अस्पतालले सामाजिक संघसंस्थाहरुसँग सहकार्यमा दिवस मनाउने तयारी गरेको हो ।

नारी दिवस मनाउन लियो क्बल अफ विराटनगर महानगर तथा लायन्स क्लब अफ विराटनगर शुभम सँगको सहकार्यमा ¥याली, महिला सचेतना तथा सम्मान कार्यक्रम रहेको अस्पतालका निर्देशक रंजित राज बस्नेतले जानकारी दिए ।

मंगलबार विहान अस्पताल परिसरदेखि सुरू हुने सचेतना मुलक ¥याली नगर परिक्रमा गर्दै अस्पताल नजिक रहेको सिटी प्यालेसमा आएपछि एक भव्य कार्यक्रम आयोजना गरी समापन हुनेछ । ¥यालीमा अस्पतालका महिला कर्मचारीहरु, विद्यार्थी, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहनेछ ।

¥यालीपछि आयोजित कार्यक्रममा समाजमा योगदान पु¥याउनुको साथै पुर्वाग्रह तोडनुहोसको भावना अनुरुप समाजमा व्याप्त महिला प्रतिको पुर्वाग्राहलाई कम गर्ने उदाहरणीय महिलाहरुलाई सम्मान गरिने भएको छ ।

यस्तै, नारी दिवसको अवसर पारेर अस्पतालको विभिन्न सेवाहरुमा एक महिनासम्म छुट दिने भएको छ । १७ फागुनदेखि चैत १७ गतेसम्म अस्पतालको विभिन्न सेवाहरुमा एक महिनासम्म छुट दिने भएको हो ।

महिलाहरुको सम्मान स्वरुप अस्पतालले एक महिनासम्म प्रसूती तथा स्त्री रोग ओपिडी सेवा निःशुल्क जाँच हुनेछ । प्रसूती तथा स्त्री रोगको जाँचमा २५ प्रतिशत छुट रहनेछ । पाठेघरको मुख सम्बन्धी क्यान्सर जाँच निःशुल्क हुने अस्पतालले जनाएको छ ।

एक महिनामा ५० जना महिलाको पाठेघर सम्बन्धी क्यान्सर जाँच निःशुल्क गरिने भएको छ । अस्पताल आएका बिरामी महिलाहरुलाई न्यूरोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट एक महिनासम्म दिने भएको छ । १७ फागुनदेखि लागू हुने गरि चैत १७ गतेसम्म गर्भवती हेरचाह प्याकेज अन्तर्गत ५० प्रतिशत छुटको न्यूरोले घोषाणा गरेको छ ।

यस्तै, नारी दिवसको अवसर पारेर न्यूरोले महिला क्रिकेट खेलाडीहरुलाई पोषाक पनि वितरण गर्नुको साथै विराटनगरमा जारी महिला क्रिकेट प्रतियोगितामा अस्पतालले मेडिकल पार्टनको भुमिका पनि खेलेको अस्पतलाले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ