२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १छुर्पी र घ्यू बोकेको गाडीबाट प्रतिबन्धित ७० लाखको तस्करीको औषधी बरामद

छुर्पी र घ्यू बोकेको गाडीबाट प्रतिबन्धित ७० लाखको तस्करीको औषधी बरामद


विराटनगर – बिरामीले सेवन गर्ने अतिआवश्यक औषधीको चरम दुरूपयोग गर्दै दुव्र्येसनीलाई लागूऔषध बनाएर बिक्री वितरण गर्ने उद्देश्यले तस्करी गरी ल्याएको ठूलो परिमाणको औषधी बरामद भएको छ । इलामको पशुपति नगर हुँदै तस्करी भएर आएको ठूलो परिमाणको औषधी प्रहरीले पक्राउ गरेको हो ।

छुर्पी र घ्यूको मे. १ च ६८३३ नम्बरको पिकअप गाडीमा हालेर ल्याएको ७७ लाख ७७ हजार ९ सय ४४ रुपैयाँ मुल्य बरावरको औषधी बरामद गरेको औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए । अनुचित रूपमा औषधीको प्रयोग गर्न ल्याएको गाडी चालक सइन्द्र राईसहित प्रहरीले औषधी पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले यसअघि पनि अनुचित रूपमा औषधीको दुरुपयोग गरेको भन्दै मोरङको सुन्दरहरैचा नगरपालिका–१० विराटचोकमा संचालित नेति फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका संचालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले यसअघि फार्मेसीका संचालक सुन्दरहरैचा नगरपालिका–१० का ४५ वर्षीय शुशील काफ्ले र उनकी श्रीमती ३२ वर्षीया गोमा कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेका काफ्ले र कार्कीले नशाका बिरामीले सेवन गर्ने ‘डाइसाइकोलोमाइन (स्पासपेन) र प्रिगाभालिन नामको औषधीको चरम दुरूपयोग गरि लागूऔषध प्रयोगकर्तालाई विक्रीवितरण गर्ने गरेको पाइएको औषधी व्यवस्था विभाग विराटनगरका कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए ।

स्पासपेन र प्रिगाभालिन मिक्स गर्दा नशा दिने गर्दछ । त्यही भएर फार्मेसी संचालकले औषधीको अनुचित प्रयोग गरेर लागूऔषध प्रयोगकर्तालाई विक्रीवितरण गरिएको पाइयो,’ उनले भने, ‘यी औषधीहरु चिकित्सकको सिफारिसमा मात्र विक्रीवितरण गर्नुपर्ने हुन्छ ।’

फार्मेसी संचालक काफलको होलसेल र खुद्रा पसल विराटचौकमा रहेको छ । उनको डे – ड्रिम मेडिसिन सेन्टर थोक पसल हो । उक्त पसलको धनी र व्यवसायी काफ्ले स्वयम रहेका छन् । थोक पसलमा स्पासपेन र प्रिगाभालिन औषधी ल्याएर खुद्रा नेती फर्मादेखि लागूऔषध प्रयोगकर्तालाई विक्रीवितरण गरेको पाइएको कट्टेलले बताए ।

४० रुपैयाँ पत्तामा बिरामीले पाउने स्पासपेन र प्रिगाभालिन कमाउ धन्दामा लागेका फार्मेसी संचालक काफलेले लागूऔषध प्रयोगकर्तालाई पाँचौ गुणा बढी मूल्य ३ ट्याबलेटको २ सय रुपैयाँमा विक्रीवितरण गर्ने गरेको पाइएको छ ।

काफलेको पसलदेखि १ नम्बर प्रदेश प्रहरी कार्यलाय विराटनगरको रिट समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा संचय गरेको औषधी पनि बरामद गरेको छ । प्रहरीले स्पासपेन ४४ हजार ३ सय ७० पिस, प्रिगाभालीन १४ हजार ६ सय चक्की बरामद गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ