२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा ३५०० क्षयरोगका बिरामी, देशभर २८ हजार बढी

प्रदेश १ मा ३५०० क्षयरोगका बिरामी, देशभर २८ हजार बढी


विराटनगर—प्रदेश १ मा ३ हजार ५ सय ५९ जना क्षयरोगका बिरामी रहेको पाइएको छ । प्रत्येक वर्ष प्रदेशमा १२ हजार नयाँ क्षयरोगको बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोगको सर्वेक्षणबाट देखिएको छ ।

७० प्रतिशत क्षयरोगका बिरामी प्रदेशमा पत्ता लगाउन नसकेको बताइएको छ । प्रदेश १ मा सबैभन्दा बढी झापामा क्षयरोगका बिरामी भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

झापामा ९ सय ९२, मोरङमा ९ सय ६८ र सुनसरीमा ८ सय ८९ जना क्षयरोगका बिरामी भेटिएको उनले बताए । तेह्रथुम जिल्लामा सबैभन्दा कम क्षयरोगका बिरामी छन् । तेह्रथुममा २१ जना बिरामी छन् । प्रदेश १ मा ९ सय २५ वटा प्यारोग उपचार केन्द्र ३ वटा डिआर उपचार केन्द्र, १ वटा डिआर होस्टेल १३ वटा जिन एक्स्पर्ट साइट रहेको छ । ८३ वटा माइक्रोस्पकोपिक सेन्टहरु रहेका छन् ।

देशभरीमा २८ हजार ६ सय ७७ क्षयरोगका बिरामीहरू छन् । क्षयरोगका बिरामी वृद्धि भइरहँदा पनि सामुदायमा अझै पनि सचेतनाको कमी रहेको निर्देशक बस्नेतले जानकारी दिए । ‘१४ जिल्ला रहेको प्रदेश १ का सबै जिल्लामा जिन एक्स्पर्ट मेसिन नभएको अवस्था छ,’ उनले भने, ‘यो मुख्य चुनौतीको विषय हो । भएका मेसिनहरू पनि पूर्ण क्षमतामा संचालनमा आएका छैनन् ।’

प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले समुदाय नागरिक समाज, सार्वजनिक तथा निजी सेवा प्रदायहरुको ऐक्यवद्धता तथा सहभागितामा जोड दिएर क्षयरोग नियन्त्रण गरिनुपर्ने बताए । सन् २०५० सम्ममा क्षयरोग मुक्त नेपाल घोषणा अभियानको लागि आर्थिक वर्षमा संघीय सरकारबाट प्रदेश १ का ४ वटा पालिकाहरुमा बजेट तथा कार्यक्रम प्राप्त भएर कामहरू पनि सुरु भएको उनले बताए । क्षयरोग बिरामीहरुको स्याहार तथा रोकथामका लागि उपयुक्त स्रोत साधनसहितको राजनैतिक प्रतिवद्धता पनि आवश्यक रहेको उनले बताए ।

विश्व क्षयरोग दिवसमा ¥याली

विश्व क्षयरोग दिवसको अवसर पारेर विराटनगरमा ¥याली निकालिएको छ । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने मुल नाराको साथ विराटनगरमा बिहीबार ¥याली निकालिएको हो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा भेला भएर विभिन्न ६ वटा संघसंस्थाले संयुक्त रुपमा ¥याली निकालेका थिए । ¥यालीले विराटनगर महानगरपालिका परिक्रमा गरी बी प्लटमा आएर कोणसभामा परिणत भएको थियो ।

¥यालीमा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको पनि सहभागिता रहेको थियो । ¥यालीमा स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ, प्रदेश स्वासथ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य, विराटनगर महानगरपालिका, नेपाल क्षयरोग निवारण संस्था, बागमती सेवा समाज नेपाल, विराटनगर नर्सिङ क्याम्पसले ब्यानर लिएर ¥यालीमा सहभागिता जनाएका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ