२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरको नीति तथा कार्यक्रमः मेट्रोसिटी अस्पताल संचालनमा ल्याउनेदेखि गर्भवतीको निःशुल्क भिडियो एक्स–रेसम्म

विराटनगरको नीति तथा कार्यक्रमः मेट्रोसिटी अस्पताल संचालनमा ल्याउनेदेखि गर्भवतीको निःशुल्क भिडियो एक्स–रेसम्म


विराटनगर–विराटनगर महानगरपालिकाकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको हो ।

महानगरले विराटनगर क्षेत्र भित्र मेट्रो सिटी अस्पताल संचालनमा ल्याउने भएको छ । त्यसको लागि सम्भाव्यता अध्ययन, जग्गा व्यवस्थापन तथा डिजाइन नक्सा निर्माण जस्ता कार्यहरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र रानीलाई स्तरोन्नती गरी १५ शैय्याको अस्पताल संचालनमा ल्याउन सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । गर्भवतीहरुको निःशुल्क भिडियो एक्स–रे सेवा संचालन ल्याउने भएको छ ।

मातृ तथा बाल मृत्युदर कम गर्न र जन्मजात अपांगतालाई समयमै पहिचान गर्न महानगरपालिका पालिका भित्रका सम्पूर्ण गर्भवतीहरुको निःशुल्क भिडियो एक्स–रे सेवा संचालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, महानगरपालिकाले आफ्नै एम्बुलेन्स र शववाहन व्यव्स्था गरी संचालनमा ल्याउने भएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा १६.५६ प्रतिशत कम गर्दै आगमी आर्थिक वर्ष २०७९÷८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रूपैयाँ बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले शुक्रबार नगर सभाको दर्शौ अधिवेशनबाट आगमी आर्थिक वर्षको चालु तथा पुँजीगततर्फको बजेट सार्वजनिक गरेकी हुन् । स्वास्थ्य विकास कार्यक्रममा ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ