२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १आर्या न्यूरो अस्पतालमा ‘ब्रेन हेमरेज’को सफल शल्यक्रिया

आर्या न्यूरो अस्पतालमा ‘ब्रेन हेमरेज’को सफल शल्यक्रिया


विराटनगर – विराटनगर – ३ कंन्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा एकजना बिरामीको जटिल प्रकृतिका ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका– १० बेलेपुर घर भएका ४८ वर्षीय विनोद कुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो ।

२६ असारमा स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई अस्पताल लगिएको थियो।  ‘टाउको दुखेपछि साह बेहोस भएका थिए ।‘ १० मिनेट जतिबेहोस भएपछि रगतनै वान्ता पनि गर्नुभयो । हामीले आतिएर विराटनगरको विराट टिचिङ्ग हस्पिटलमा लिएर गयौं । त्यहाँ २४ घण्टा आइसियूमा बिरामी राख्नुपर्ने बताएपछि त्यहाँबाट आर्या न्युरो हस्पिटलमा लिएर आएका हौँ, ’बिरामीका श्रीमती सुनिता साहले भनिन् ।

बिरामी हेरेपछि न्यूरोका वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले शल्यक्रिया गर्ने सुझाव दिएपछि उपचार प्रकिया अगाडी बढाइएको उनको भनाइ छ ।

वरिष्ठ न्यूरो सर्जन तथा प्रवन्धक निर्देशक डा. पंकजराज नेपालको टिमले पाँच घण्टा लगाएर साहको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । ‘साहको ठाउँकोमा रगतको नशा गुजुल्टिएर बसेको थियो । त्यसलाई मेडिकल भाषामा एभी फिस्टुला अर्थात बुझ्ने भाषामा रगतको नशा गुजुल्टिएको भन्न सकिन्छ । त्यो रगतको नली फुटेपछि ब्रेन हेमरेजहुने हो,’ न्यूरो सर्जन डा. नेपालले भने, ‘पाँच घण्टा लगाएर विरामीको शल्यक्रिया गरेपछि हामीले करिब एक सेन्टीमिटर लामो गुजुल्टिएको नशा शल्यक्रिया गरि निकालेका थियौं ।’

बिरामीको स्वास्थ्यअवस्था पूर्णरूपमा ठिक भएपछि बुधबार डिस्चार्ज गरेको डा. नेपालले बताए ।

‘ब्रेन हेमरेज’को प्रमुख कारण ब्रेनको आर्टरी नसा फुटेर मस्तिष्कमा रक्तश्राव हुनु हो। यस्तो रक्तश्रावले ब्रेनको कोषहरुलाई नष्ट गर्ने गर्दछ। ग्रिक भाषामा रगतलाई हेमो भनिन्छ। ब्रेन हेमरेजलाई सेरेव्रल हेमरेज, इन्ट्राक्रानिएल हेमरेज वा इन्ट्रासेरेव्रल हेमरेज पनि भनिन्छ।

‘यस्ता बिरामी विरलै हस्पिटल आउने गरेका छन्,’ डा. नेपालले भने, ‘ब्रेन हेमरेज जन्मजात पनि र इन्फेक्सनका कारणहरुले पनि हुने गर्दछन् । यस्तो बिरामीजतिसक्दो चाँडै हस्पिटल आएको खण्डमा बचाउन सकिन्छ ।’

अहिले साह आफै हिडडुल गर्न सक्ने भएका छन् । हस्पिटलका चिकित्सक सफल उपचार गरेर पुनःजन्मदिएको साहले बताए । उपचार संलग्न चिकत्सकप्रति कृतज्ञ भएको उनले बताए ।

‘बुबालाई बचाउन आर्या न्यूरो हस्पिटलले गरेको यो उपचार हामी बिर्सन सक्दैनौं । उपचारमा सहयोग पु¥याउने चिकित्सकहरु प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाउनुभयो । बुबाले नयाँ जीवन पाउनुभएको छ, ’छोरी राहुल साहले भने ।

यसअघि पनि आर्या न्युरो हस्पिटले जटिल प्रकृतिका बिरामीहरुको पनि सफल गरेको छ । उपचार सम्भवनभएको भन्दै अन्य अस्पतालले हात उठाइसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गर्न थालेको हो ।

यसरी एकपछि अर्को जटिल प्रकृतिका बिरामीको सफल उपचार गरि पूर्वाञ्चलमै कमखर्चमा गुणस्तरीय उपचार दिने भरपर्दो अस्पतालको रुपमा आर्या अस्पताल स्थापित हुँदै आएको देखिन्छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ