२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १खोप अभियान संचालन गरी न्यूरो अस्पतालले मनायो हेपाटाइटिस दिवस

खोप अभियान संचालन गरी न्यूरो अस्पतालले मनायो हेपाटाइटिस दिवस


विराटनगर – विराटनगरस्थित न्युरो हस्पिटलले विश्व हेपाटाइटिस दिवस मनाएको छ । बिहिबार अस्पतालले हेपाटाइटिसको जोखिम कम गर्ने उद्देश्यका साथ  यसविरुद्ध खोप अभियान संचालन गरी सो दिवस मनाएको हो।

बिहीबारदेखि अस्पताल परिसरमा अस्पतालमा काम गर्ने सरसफाइ कर्मचारीहरूबाट हेपाटाइटिस विरुद्धको खोप लगाउन सुरु गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

‘हेपाटाइटिस हुन नदिन अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीहरूलाई यो खोप लगाउन सुरु गरिएको छ,’ उनले भने, ‘अस्पतालमा काम गर्ने ४ सय ५० भन्दा बढी कर्मचारीहरूले हेपाटाइटिस विरुद्धको खोप लगाउनेछन् ।’ यो खोप तीन चरणमा लगाउनुपर्नेछ । पहिलो डोज खोप लगाएपछि दोस्रो र तेस्रो लगाउनुपर्ने हुन्छ । अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीहरूलाई लगाउने खोप निःशुल्क प्रदान गरिएको उनले बताए ।

अस्पतालमा हेपाटाइटिस तथा कलेजो सम्बन्धी उपचार सेवा पनि सुचारु गरेको छ । एक हप्तासम्म ओपिडी निःशुल्क र सम्पूर्ण जाँचमा २० प्रतिशत छुट रहेको छ । स्वास्थ्य सेवा विस्तार गरेर लैजाने क्रममा न्युरो अस्पतालमा चार जना चिकित्सक पनि थप गरिएको छ । जसमा डा. भी कट्टेल, डा. भुवनेश्वर यादव, डा. निशान्त भुर्तेल र डा. प्रभुल्ल कोइराला रहेका छन् ।

विस्तारित सेवाले सम्पूर्ण बिरामीहरूलाई उपचारमा सहजता पाउने अपरेशनल डाइरेक्टर भट्टराईले बताए । यस वर्षको नारा अब ‘हेपाटाइटिस विरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने तय गरिएको छ । रोगबारेको अनभिज्ञता र अज्ञानता हटाउनुपर्छ भन्ने मान्यता स्वरूप जनचेतना जगाउने अभियान अन्तर्गत हेपाटाइटिसविरुद्धको दिवस मनाउन थालिएको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ