२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १फार्मेसी पढिरहेकी किशोरी बलात्कार प्रकरण : कराँतेका प्रशिक्षकद्वय राउत र सुवेदी जेल चलान

फार्मेसी पढिरहेकी किशोरी बलात्कार प्रकरण : कराँतेका प्रशिक्षकद्वय राउत र सुवेदी जेल चलान


विराटनगर—विराटनगरस्थित एक नर्सिङ कलेजमा फार्मेसी अध्ययनरत किशोरी तीन ठाउँमा कोठा सर्दा पनि ब्ल्याकमेलिङ गरेर पटक—पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षक विनोद राउत र सुरज सुवेदी पुर्पक्षको लागि जेल चलान भएका छन् ।

सोमबार विराटनगरका राउत र सुवेदीलाई मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलाशले पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका हुन् । अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

बिहीबार सरकारी वकिल कार्यालय मोरङले उनीहरू विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुबैलाई जबजरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरेर अभियोग दायर गरेको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।

शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकोले आइतबार बयान र थुनछेक बहस भएको थियो । आइतबार वादी र प्रतिवादीका कानुन व्यवसायीहरुको बहस नसकिएपछि सोमबार मात्र सकिएको थियो । वादी र प्रतिवादीका कानुन व्यवसायीहरुले बहस सकेपछि आदलतले पुर्पक्षका लागि जेल पठाउने आदेश गरेको हो ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । पीडित युवती सोही कलेजमा डि फार्मेसी अध्ययनरत १९ वर्षीया छात्रा हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको जनाएको छ । अन्तिम पटक भने असार २८ गते सुवेदीले करणी गरेका थिए। पीडितमाथि जेठ महिनामा विराटनगरको मुनालपथस्थित विराट होटलमा सुवेदी र राउतले सामूहिक बलात्कार गरेका थिए ।

राउतले सुरुमा नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको अश्लील भिडिओ बनाएर ब्लाकमेलिङ गर्दै पटक–पटक बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ। तर, अनुसन्धान प्रतिवेदनमा भिडिओ नभेटिएको भन्दै प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो।

यो पनि पढनुस्

फार्मेसी पढिरहेकी किशोरीको बयानः ‘पिरियड भएको बेला साथीसँग मिलेर सामूहिक बलात्कार गरे’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ