२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ सप्तकोशीको पुलमा गाडी भेटिएका सर्जन डा. प्रज्वल कोइरालाको अवस्था अझै अज्ञात

सप्तकोशीको पुलमा गाडी भेटिएका सर्जन डा. प्रज्वल कोइरालाको अवस्था अझै अज्ञात


विराटनगर—हराएको तीन दिन भइसक्दा पनि सप्तकोशी नदीको फुल छेउमा गाडी छोडेर बेपत्ता भएका झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय सर्जन डा. प्रज्वल कोइरालाको अवस्था अझै अज्ञात रहेको छ ।

गत सोमबार बिहानदेखि सप्तकोशी नदीको पुल छेउमा गाडी, जुत्ता र मोबाइल छोडेर बेपत्ता भएका कोइरालाको अवस्था यो समचार तयार पर्दासम्म अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयाँलले उनको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।

झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लावारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डा. कोइराला सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

डा. कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो । प्रहरीले पुलको रेलिङमा उनको मोबाइल, जुत्ता र मोजा फेला पारेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ