२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘समयमा नै उपचार गरौं, छारे रोगबाट मुक्त हौं’ भन्दै न्यूरो हस्पिटलको सचेतनामूलक प्रभातफेरी

‘समयमा नै उपचार गरौं, छारे रोगबाट मुक्त हौं’ भन्दै न्यूरो हस्पिटलको सचेतनामूलक प्रभातफेरी


विराटनगर—विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ को अवसर पारेर सचेतनामूलक प्रभातफेरी निकालेको छ । मंगलबार विहान न्यूरोले प्रभातफेरी निकालेको हो ।

न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा आएर सम्पन्न भएको थियो । प्रभातफेरीमा सहभागीहरुले ‘समयमा नै उपचार गरौं, छारेरोगबाट मुक्त हौं’, ‘अन्धविश्वसलाई हटाऊ, सबैमा जनचेतना जगाऊ’, ‘छारे रोग रोग होइन्, यो नशा रोगको लक्षण हो’, ‘छारे रोगबारे घर—घर टोल—टोलमा कुरा गरौं, अन्धविश्वासलाई हटाऊ’, ‘सबैमा जनचेतना जोगाऊ’ भन्ने मुख्य नारासहित प्लेकार्ड बोकेका थिए । प्रभातफेरीमा चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी र सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

न्यूरोले वर्ल्ड पर्पल डेमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । शुक्रबार ‘वर्ल्ड पर्पल डे’ को अवसरमा पारेर छारेरोग सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम आदर्श स्कुल कक्षा ९ का श्रेय शर्मा, द्धितीय दिल्ली पब्लिक स्कल कक्षा ९ की श्रृती यादव र तृतीय मेरिल्याण्ड कलेजका कक्षा ११ की सेमान्तीका पराजुली भएका थिए । उनीहरुलाई न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्ट, एनसीएलका प्रतिनिधी अमर भट्टचार्यले पुरस्कार वितरण गरेका थिए ।

११ देखि १६ चैतसम्म ओपिडी सेवा निःशुल्क र ल्याबमा छुट दिइएको न्यूरो हस्पिटल जनाएको छ । ‘वर्ल्ड पर्पल डे’ मनाउनको लागि न्यूरोले एनसेलसँग सहकार्य गरेको छ ।

प्रत्येक एक सय जनामा एक जनामा छारे रोग लाग्ने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ । हस्पिटल स्थापना भएपछि न्यूरोमा हालसम्म २५ हजारभन्दा बढी छारे रोगका बिरामीको सफल उपचार गरेको अस्पतालले जानकारी दिएको छ ।

अहिले पनि करिब ३ हजार बिरामी नियमित उपचारको क्रममा रहेका छन् । न्यूरोमा छारे रोगको उपचारको लागि भरपर्दो रहेको न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले बताए । अस्पतालमा छारे रोगको उपचार प्रक्रियाको लागि चाहिने सम्पूर्ण उपकरण तथा दक्ष टिम रहेको उनले बताए । नियमित उपचार र औषधि सेवनले छारे रोग निको हुने पनि उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ