२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरो अस्पतालमा ‘अनलाइन टिकेटिङ प्रणाली’ सुरू

न्यूरो अस्पतालमा ‘अनलाइन टिकेटिङ प्रणाली’ सुरू


विराटनगर—विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी अस्पतालले ‘अनलाइन टिकटिङ प्रणाली’ संचालनमा ल्याएको छ । आइतबारदेखि स्वास्थ्य प्रविधि सेवा प्रदायक संस्था आईमर्क डिजिटल प्रालिको डाफे हेल्थ सेवाअन्तर्गत उक्त सेवासंचालनमा ल्याएको हो ।

यस प्रणालीबाट, बिरामी तथा अस्पतालको सुविधा लिन चाहने जोसुकैले अब घरमै बसी–बसी चाहेको चिकित्सकको टिकट सजिलै काट्न सक्ने अस्पतालले बताएको छ । अनलाइन टिकट प्रणाली भित्र ‘न्यूरो हस्पिटल’ मोबाइल एप र वेबसाइटमा रहेको छ ।

आफूले चाहेको चिकित्सको सेवा शुल्क पनि अनलाइनमार्फत खल्ती र इसेवाबाटै सहज भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । समयको बचतका साथै टिकट प्रक्रिया सम्पन्न हुने गरी बिमारीहरुले अनलाइनबाटै सहज आवेदन दिने व्यवस्था गरिएको छ । यो साझेदारीले न्युरो अस्पतालको सेवाहरूलाई अझ प्रभावकारी बनाउने अस्पतालका निर्देशक राजेश भट्टराईले बताए ।

‘हाम्रो उद्देश्य स्वास्थ्य सेवा प्रदान गर्ने प्रक्रियाहरूलाई अझ सुविधाजनक बनाउनु हो । यो अनलाइन टिकटिङ्ग प्रणालीले बिरामीहरुको जीवनमा सहयोग प्रदान गर्नेछ । नेपाल मात्र नभई भारतबाट आउने बिरामीहरुका लागि पनि यो सेवा अझ फलदायी हुने हामीले विश्वास ठानेका लिएका छौं,’ उनले भने ।

डाफे हेल्थका प्रमुख कार्यकारी अधिकृत युवराज पराजुलीले विगत १६ वर्षदेखि संस्थाले हेल्थ टेकमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको र अझ परिस्कृत हेल्थ सोलुसन प्रदान गर्ने उद्देश्यका साथ यो साझेदारी गरिएको बताए ।

यो अनलाइन प्रणाली सुरु भएपछि बिरामीहरूले सजिलै र तत्काल तथा सुविधाजनक रुपमा आफुले चाहेको चिकित्सकीय सेवा आफुले चाहेको मिति र समयमा बुकिङ गर्न अस्पतालले जनाएको छ । यसैगरी, बिरामीको विवरण र नोट न्युरो हस्पिटल एपमार्फत सिधै डाक्टरहरूले बिरामीको सम्पूर्ण विवरणहरू एकीकृत हस्पिटल व्यवस्थापन प्रणालीमा देख्न र नोट राख्न सक्नेछन् । विशेष सेवाहरूको अधिकार र पहुँच बिरामीहरूले ल्याब रिपोर्ट सिधै न्युरो हस्पिटल एपबाट प्राप्त गर्न सक्ने बताइएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ