२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराट नर्सिङ होम र विराटनगर महानगरपालिका वडा नं. ९ बीच उपचारमा सहुलियत सम्बन्धी सम्झौता

विराट नर्सिङ होम र विराटनगर महानगरपालिका वडा नं. ९ बीच उपचारमा सहुलियत सम्बन्धी सम्झौता


विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होम र विराटनगर महानगरपालिका वडा नंं. ९ बीच सहुलियत सम्बन्धी सम्झौता भएको छ । शुक्रबार विराट नर्सिङ होम र विरानगर महानगरपालिका वडा नंं. ९ बीच उपचार तथा शल्यक्रियामा विशेष सहुलियत उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतापछि अब विराटनर महानगरपालिका वडा नंं. ९ मा कार्यरत जनप्रतिनिधी र कर्मचारीहरुले विराट नर्सिङ होममा शल्यक्रिया तथा उपचारमा विशेष छुट पाउनेछन् ।

कर्मचारी र जनप्रतिनिधीहरुसँगै उनीहरुका परिवारका सदस्यहरु पनि छुट पाउने विराट नर्सिङ होमले जनाएको छ । साथै वडा नंं ९मा स्थायी बसोवास गर्ने सम्पूर्ण नागरिकले पनि विभिन्न स्वास्थ्य परीक्षण तथा शल्यक्रिया गराउदा विशेष छुट प्राप्त गर्नेछन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ