२०७९ मंसीर १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रजनन स्वास्थ्यबारे विद्यार्थी अनिविज्ञ, डा. साहले दिए सचेतना

प्रजनन स्वास्थ्यबारे विद्यार्थी अनिविज्ञ, डा. साहले दिए सचेतना


विराटनगर—स्नातक तहमा अध्ययरत विद्यार्थीहरूलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन—२०७५ को बारेमा जानकारी गराइएको छ । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनको आयोजना र सेभ द अर्थको सहयोगमा विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना गराइएकोे हो ।

मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाइड साइन्स कलेज र विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीहरूलाई प्रजनन स्वास्थ्य अधिकारको विषयमा जानकारी गराइएको हो । विद्यार्थीहरूलाई क्बलका अध्यक्ष एवं प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहले स्वास्थ्य सचेतना दिएका थिए ।

स्नातक अध्ययनरत विद्यार्थीहरू अझै पनि प्रजनन स्वास्थ्य अधिकारबारे अनविज्ञ रहेको पाइएको थियो । नेपालमा असुरक्षित गर्भपतन हुनु र त्यसैको जटिलताहरू अझै पनि देखिनुसँगै महिलाहरू परिवार नियोजन सेवाप्रति आकर्षित नहुनु कारणबारे पनि विद्यार्थीहरू अनविज्ञ रहेका थिए । उनीहरूलाई प्रजनन स्वास्थ्य र असुरक्षित गर्भपतनले निम्त्याउने जोखिमको बारेमा डा. साहले जानकारी गराएका थिए ।

उक्त क्बलले विराटनगरस्थित मेरिल्याण्ड कलेजमा पनि यस्तै सचेतनामूलक कार्यक्रम मंगबलार आयोजना गर्ने भएको छ । अहिलेका युवा पुस्ताहरूमा यस्तो स्वास्थ्य जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोले यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने हिमालय दर्शन कलेजका शिक्षक सुमित कुमार साहले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)