२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १रंगेली अस्पतालमा गर्भवती र बच्चाको मृत्युपछि डा. रम्भा देवको नेतृत्वमा छानविन समिति गठन

रंगेली अस्पतालमा गर्भवती र बच्चाको मृत्युपछि डा. रम्भा देवको नेतृत्वमा छानविन समिति गठन


विराटनगर—मोरङको रंगेली अस्पतालमा गर्भवती महिला र बच्चाको उपचारको क्रममा मृत्यु भएपछि सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन भएको छ । मंगलबार विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रम्भा देवको संयोजकत्वमा सात सदस्य समिति गठन भएको हो ।

डा. देवको नेतृत्वमा मंगलबार साँझ छानविन समिति गठनभएपछि पीडित पक्षले सुरू गरेको आन्दोलन रोकिएको छ ।  घटनाको छानविन गरी सत्यतथ्य बाहिर ल्याउन डा. देवको नेतृत्वमा छानविन कमिटी बनेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख लेखनाथ दाहालले जानकारी दिए । समितिलाई एक साता भित्रमा छानविन गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने जिम्मेवारी दिइएको छ ।

अस्पतालमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनोज भण्डारी, रंगेली नगरपालिका प्रमुख दिलिप बगडीया, मोरङ प्रहरीका डिएसपी मानबहादुर राई, अस्पतालका कर्मचारी र पीडित पक्षका चार जनाको उपस्थितीमा छानविन कमिति गठन भएको हो ।

के भएको थियो घटना ?

प्रसुतीका लागि अस्पताल भर्ना भएकी रंगेली नगरपालिका—९ दोभनाकी २५ वर्षीया रविना सरदार र बच्चाको सोमबार मृत्यु भएको थियो । प्रसुति गराउन पुगेकी गर्भवती सरदार र बच्चाको उपचारका क्रममा मृत्यु भएपछि रंगेली अस्पताल तनावग्रस्त बनेको थियो ।

मृतकका आफन्तले चिकित्सकको लापरबाहीले आमा र बच्चाको मृत्यु भएको भन्दै मंगलबादर दिउँसोसम्म अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । मृत बच्चा जन्माएकी सरदारको स्वास्थ्य अवस्था थप गम्भीर हुँदा समेत डाक्टरले समयमै उपचारमा ध्यान नदिएकोले मृत्यु भएको आफन्तको आरोप थियो । मृतक सरदारका ठूलोबुबा रामनारायण सरदारले अस्पतालले समयमै रिफर नगरेको बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अशोक ठाकुरले सरदार प्रसुति गराउन आउँदा सुरुमा ठीकै रहेको स्वीकारे । डा. ठाकुरले प्रसुति गराउँदा आमा र बच्चाको साल छुट्टिने बेलामा एम्योलिक फुयुड इन्बोलिजमका कारण आमालाई समेत असर हुनसक्ने बताए । उनले बच्चा जन्मदा धड्कन नभएपछि करिब ४५ मिनेट सीपीआरमा राखेर उपचार गराउँदा समेत बच्चाको श्वास नफर्किएको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ