२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यअनिश्चित गर्भ रहनबाट बच्न अपनाउनुस् यस्ता उपाय

अनिश्चित गर्भ रहनबाट बच्न अपनाउनुस् यस्ता उपाय


कुनैपनि यौन जोडीबीच हुने अनिश्चित गर्भ रोक्न सावधानी पुर्याउन आवश्यक छ । शारीरिक तथा मानसिक रुपमा तयार नभएका यौनजोडी विशेष रुपमा चनाखो रहनुपर्दछ ।

अनावश्यक गर्भनिरोधकका निम्ति हरेक जोडीमा गर्भ नियन्त्रण उपायको बारेमा ज्ञान हुन जरुरी देखिन्छ । अनावश्यक तथा अनिच्छित गर्भ रोक्न महिला पुरुष दुवैमा समान भूमिका रहन्छ । हुन त, चिकित्सा क्षेत्रमा यससम्बन्धि थुप्रै उपायहरु रहेका छन् । तर, ती उपायहरु सबैमा उत्तिकै प्रभावकारी नरहन पनि सक्छ ।

त्यस्ता उपायले कसैमा साइड इफेक्ट पनि देखिन सक्छ । त्यसैले यहाँ अनावश्यक एवम् अनिच्छित गर्भधारणको समस्यालाई कम गराउन सक्ने केहि सरल एवम् घरेलु उपायको बारेमा चर्चा गरिएको छ ।

क्यालेन्डर

क्यालेन्डरअनुसार महिलाले आफ्नो मासिक चक्र अंकित गर्न सक्छिन् । नियमित रुपमा महिनावारी हुने महिलाले क्यालेन्डरको सहायताबाट कुन समयमा ओभुलेसन हुन्छ भन्ने कुरा थाहा पाउन सक्छिन् ।

तसर्थ यो अनिश्चित गर्भधारणबाट बच्ने एक भरपर्दाे उपाय पनि हो । यसका लागि महिलाले कम्तिमा पनि १२ महिनाको आफ्नो महिनावारीको समयलाई अंकित गर्नुपर्दछ । सबैभन्दा कम दिनमा भएको महिनावारीको अवधिबाट १८ दिन र लामो समयमा भएको महिनावारी दिनको अवधिबाट ११ दिन घटाउनु पर्छ ।

त्यसबाट जुन दिन निस्कन्छ त्यो नै गर्भधारण रहने समय हो । गर्भ नचाहने दम्पतीले यस समयमा गरिने सम्भोगमा सुरक्षाको उपाय अपनाउनु पर्छ ।

तापक्रम मापन

डिम्ब निष्काशनको समयमा शरीरको तापक्रम बढ्छ । त्यसैले दिनमा ३ पटकसम्म शरीरको तापक्रम नाप्नुपर्छ । र, अन्य समयको तुलनामा तापक्रम बढी भएको दिन डिम्ब निष्काशन हुदैछ भन्ने बुझ्नुपर्छ । यस समयमा पनि यौनसम्पर्कको क्रममा सुरक्षाका उपाय अपनाउने वा सम्पर्कबाट टाढा रहने गर्नुपर्दछ ।

कन्डम

गर्भनिरोधकको उपायमध्ये यो सबैभन्दा सरल एवम् प्रचलित उपाय हो । यसको प्रयोगले महिलामा गर्भधारणको प्रकृयामा रोकावट ल्याउनुका साथै यौन जोडीलाई यौन संक्रमणबाट समेत जोगाउँछ । कमै मात्र व्यक्ति यस्ता हुन्छन्, जसले आफ्नो यौन जीवनकालमा यसको प्रयोग नगरेको होस् ।

एजेन्सीकाे सहयाेगमा ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ