२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यआयुर्वेदमा यौन दुर्वलता उपचार भ्रम र यथार्थता

आयुर्वेदमा यौन दुर्वलता उपचार भ्रम र यथार्थता


यौन दुर्बलता

सबैभन्दा पहिले त यौन दुर्बलता किन भयो ? कसरी भयो, कुन अवस्थामा भयो, के कारणले भयो भन्ने कुरा पत्ता लगाउँनुपर्छ । बिना निदान रोगको उपचार गरेर हुँदैन । यौन दुर्बलता भनेको शारीरिक असक्षमताको एउटा अवस्था हो । यो पनि एउटा शारीरिक समस्या हो ।

आयुर्वेदमा सबै खालका यौन दुर्बलता हटाउने औषधी छन्, तर त्यस्ता समस्या समाधान गर्नु पहिले यौन दुर्वलताको कारण पत्ता लगाउँनुपर्छ । जस्तो कि यौन दुर्बलता भएको मानिसलाई क्षयरोग भएको छ कि ? धातु क्षय भएर त्यस्तो समस्या देखिएको हो कि ? अथवा मानसिक समस्या छ कि ? रोगको जरा पत्ता नलगाई अनाहकमा औषधी मात्र खाएर ठीक हुँदैन ।

वीर्य बढाउने

आयुर्वेदमा वीर्य बढाउने औषधीहरू अध्ययन भएरै प्रमाणीत भएका छन् । वीर्यवद्र्धक जडीबुटीहरू पनि छन् । पहिलेदेखि नै प्रयोग हुँदै आएका मांसरस, दँध, बदाम, काजुजस्ता चिजहरू वीर्यवद्र्धक नै हुन् तर यस्ता औषधी जथाभावी खाएर हुँदैन । शरीरले वीर्य उत्पादन नै गर्न नसक्ने अवस्था छ कि ? वीर्य उत्पादन हुने तर कम भएको अवस्था हो कि ? नपुंसकता भएको अवस्था हो कि ? पत्ता लगाउँनुपर्छ ।

कतिपयलाई मानसिक तनावकै कारण पनि वीर्य उत्पादनमा कमी भैरहेको पाइन्छ तर उपचार भने अण्डकोषको भैरहेको अवस्था पनि हुन्छ । कोही मधुमेहको बिरामी छ, वीर्यको मात्रा पनि कम छ, यौन सुख पनि कम छ भने पहिले मधुमेहलाई ठीक ठाउँमा ल्याउने उपचार गर्नुपर्छ । मधुमेह ठीक ठाउँमा आउनासाथ अन्य कुरा आफैं ठीक ठाउँमा आउँछन् । मधुमेहबाट बर्बाद भैसकेको हुन्छ, उता वीर्य बढाउने भनेर नचाहिँदो उपचार गरिरहेको हुन्छ । कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । प्रचार गरेका भरमा मानिसको स्वास्थ्यसँग खेलबाड भैरहेको छ । भ्रमात्मक प्रचार भैरहेको छ ।

शीघ्र स्खलन

शीघ्र स्खलन पनि धेरै कारणले हुन्छ । कसैलाई मानसिक तनावले हुन्छ, डर–त्रास, धकले पनि हुन्छ, कसैलाई शारीरिक कारणहरूले हुन्छ । सबैको एउटै कारणले हुन्छ भन्ने हुँदैन । यसमा पनि पहिले कारण पत्ता लगाउँन चिकित्सकको सल्लाह लिनुपर्छ र सोही अनुसार उपचार गराउनुपर्छ । बजारमा उपलब्ध औषधीको मनपरी सेवनले एक–दुई दिन आत्मसन्तुष्टि मिले पनि दीर्घकालीन रूपमा समस्या समाधान गर्दैन ।

लिंग घटबढ गराउने 

लिंग घटबड गर्ने भन्ने कुरा नै वाहियात हो । औषधी लगाएर लिंगको आकार बढ्ने, योनिको साइज घट्ने भन्ने हुँदैन । स्तन टाइट गर्ने कुरा पनि भ्रम नै हो । औषधी खाएर लिङ्ग बढ्ने वा केही लगाएर योनि खुम्चने भन्ने कुरा सबै भ्रमात्मक प्रचार मात्र हो, त्यसमा कुनै सत्यता छैन ।

नपुंसकता 

यो एउटा ठँलो समस्या हो । यसैको कारण मानिस टेस्टट्युब बेवीदेखि लिएर सेरोगेसीसम्मका उपायसम्म अपनाउन पुग्छन् । अहिले प्रविधिले यसलाई केही सहज बनाएको छ । कतिपय नपुंसकताको उपचार औषधीबाट हुन्छ । आयुर्वेदमा पनि नपुंसकताको उपचार हुने कुरा उल्लेख छ । नपुंसकता पनि धेरै कारणले हुन्छ । पहिले ती कारण पत्ता लगाएर उपचार सुरु गर्नुपर्छ । जस्तो कसैको शुक्रकीट बनिरहेको छ तर उत्पादन कम छ भने, खानपान, जीवनशैली आदिमध्ये के कारणले त्यस्तो भयो पत्ता लगाएर उपाय खोज्न सकिन्छ ।

कतिपयको शुक्रकिट उत्पादन नै हुन नसक्ने अवस्था छ भने खर्च मात्र गरेर केही फाइदा हुँदैन । महिलाको डिम्बको अवस्था पनि त्यही हो । आयुर्वेदको फाइदा भनेकै यो अन्य औषधीको तुलनामा कम हानिकारक हुनु हो । त्यही भएर पनि यसको प्रयोग गर्न खोजिन्छ । शुक्रवद्र्धक जडीबुटी अनकौं छन्, तर तिनलाई बिरामीको अवस्था पहिचान गरेर प्रयोग गर्दा मात्र लाभ हुन्छ ।


क्याटेगोरी : यौन स्वास्थ्य, वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ