२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टसरकारी अस्पतालहरु २ सय ५७ विशेषज्ञ चिकित्सक खाली

सरकारी अस्पतालहरु २ सय ५७ विशेषज्ञ चिकित्सक खाली


काठमाडौ–सरकारले जनतालाई सहज रुपमा विशेषज्ञ सेवा दिने भनेर तोकिएका ठूला अस्पतालहरुमा सम्बन्धित रोग हेर्ने विशेषज्ञ चिकित्सक दरबन्दी अनुसार नभएको पाइएको छ । विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले महंगो सुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएका छन् ।

अधिकांश अञ्चल, उपक्षेत्रीय, क्षेत्रीय र केन्द्रीय अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको दरवन्दी खालीे पाइएको हो । स्वास्थ्य मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार देशभर २ सय ५७ जना विशेषज्ञ चिकित्सकको दरवन्दी खाली छ । जसमा ६५ जना ११ औं तह, प्रमुख कन्सल्टेन्ट (सहसचिव) र १ सय ९२ जना कन्सल्टेन्ट (नवौं र दशौं तह)का चिकित्सकको दरबन्दी खाली रहेको हो ।

सबैभन्दा बढी कोशी अञ्चल अस्पताल विराटनगरमा विशेषज्ञ चिकित्सकको दरबन्दी खाली छ । सो अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी खाली छ । जसमा ८ जना प्रमुख कन्सल्टेन्ट र १२ जना कन्सल्टेन्ट चिकित्सकको खाली रहेको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाले जनाएको छ । कोशीपछि वीर अस्पतालमा १४ जना विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको छ । जहाँ ७ जना प्रमुख कन्सल्टेन्ट र ७ जना कन्सल्टेन्ट दरबन्दी खाली रहेको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा १५ जना विशेषज्ञको दरबन्दी खाली रहेको छ । जसमा ८ जना प्रमुख कन्सल्टेनट र ५ जना कन्सल्टेन्टको दरबन्दी खाली रहेको पाइएको छ । धेरै विशेषज्ञ चिकित्सक खाली भएका अन्य अस्पतालहरुमा जनकपुर १०, भरतपुर ८, सगरमाथा ६, भेरी ६ र राप्तीमा ६ रहेका छन् । त्यसैगरी मेची, लुम्बिनी, महाकालीमा ५/५ जना विशेषज्ञ चिकित्सकको दरबन्दी खाली भएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

देशभरी दरबन्दी खाली रहेका मध्ये एनेसथेसीया र रेडियोलोजी सम्बन्धी विशेषज्ञहरु बढी रहेका छन् । कन्सल्टेन्ट एनेस्थेसीया र रेडियोलोजीका १५/१५ दरबन्दी खाली रहेका छन् भने प्रमुख कन्सल्टेन्ट एनेस्थेसीयाका २ दरबन्दी खाली छन् । त्यसैगरी १०/१० जना बालरोग विशेषज्ञ र मेडिकल सुपरीटेडेन्ट खाली छ भने ६ जना प्रमुख मेडिकल सुपरीटेण्डेन्ट र ४ जना प्रमुख बालरोग विशेषज्ञको दरबन्दी खाली छ । त्यसैगरी १४ प्रसुती रोग विशेषज्ञ, १० कन्सल्टेनट सर्जन खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खाली भएका दरबन्दीको विषयमा लोकसेवा आयोगमा पदपूर्तिको लागि पठाइसकिएको कर्मचारी प्रशाशन महाशाखाका उपसचिव बाबुराम खनालले बताए । ‘खाली भएको दरवन्दीको विवरण लोकसेवा पठाइसकिएको छ,’ उनले भने, ‘चाडै केही निकास निस्कन्छ होला ।’

बढी खाली दरवन्दी भएका विशेषज्ञ पद
कन्सल्टेन्ट (नवौं र दशौं तहका)ः १ सय ९२
रेडीयोलोजीः १५
एनेस्थेसीयाः १५
बालरोग विशेषज्ञः १०
मेडिकल सुपरीटेण्डेन्ट, १०
प्रसुति रोग विशेषज्ञः ९
कन्सल्टेन्ट सर्जनः ७
अर्थोपेडीक सर्जनः ७
इएनटी सर्जनः ७
मेडिकल जनरालीष्ट ७
छालारोग विशेषज्ञ ६
प्याथोलोजीष्टः ५
जनरल फिजिसियन ५
बाकी अन्य

प्रमुख कन्सल्टेन्ट (एघारौं तह) ६५ जना खाली
प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिष्ट ६
प्रमुख मेडिकल सुपरीटेण्डेन्ट ६
प्रमुख प्रसुति रोग विशेषज्ञ ५
प्रमुख अस्पताल नर्सिङ्ग प्रसाशक ५
प्रमुख बालरोग विशेषज्ञ ४
प्रमुख कन्सल्टेन्ट फिजिसियन ४
प्रमुख कन्सल्टेन्ट सर्जन ३
प्रमुख कन्सल्टेन्ट अर्थोपेडीक सर्जन ३
प्रमुख मेडीकल ल्याव टेक्नीसियन ३
प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजीस्ट २
प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट २
प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन २
प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन २
प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट २
मेडिकल अन्कोलोजीस्ट, न्युरोलोजीष्ट, काडीयोथेरासिस सर्जन, यूरो सर्जन, न्यूरो सर्जन, किड्नी ट्रान्सप्लान्ट सर्जन, माइक्रोवायलोजीष्टिीक, ड्रामाटोलोजिष्ट र रेडियोलोजीष्ट १/१ जना


क्याटेगोरी : विशेष रिपोर्ट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ