२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपहेल्थ एण्ड ब्युटी प्रडक्टमा हिमालयन इसेन्सको इन्ट्री, ८ करोड लगानी ६० जनालाई रोजगारी

हेल्थ एण्ड ब्युटी प्रडक्टमा हिमालयन इसेन्सको इन्ट्री, ८ करोड लगानी ६० जनालाई रोजगारी


नेपालीलाई नेपाली प्रडक्टले नै सुसुज्जित गर्ने उद्देश्यले दुई वर्षअघि सुरु भएको हो—ब्युटी र हेल्थ प्रडक्ट कम्पनी हिमालयन इसेन्स । सुरुमा दुई करोड लगानीबाट सुरु भएको यो कम्पनीले हर्बल र ब्युटी प्रडक्टहरु उत्पादन गरिरहेको छ । हिमालय इसेन्सका तीन वटा हागा छन्, जसमा बेदान्त, इनरिचर र सेफ ह्याण्ड सेफ होम ।

हिमालय इसेन्सअन्तर्गतको बेदान्तले हर्बल प्रडक्टहरु उत्पादन गर्दै आएको छ । जसले आयुर्वेदिक प्रोपाइरिटी मेडिसिनहरु उत्पादन गर्दै आएको हिमालय इसेन्सका चिफ टेक्नीकल अफिसर डा. सुदिप रेग्मी बताउँछन् । ‘यो विशुद्ध हर्बल प्रडक्टहरु उत्पादन गर्छ,’ उनी भन्छन्, ‘कम्पनीका उत्पादनहरु सबै नेपालकै जडीबुटीबाट बनेका छन् ।’ डा. रेग्मी नेपालमा अझै हर्बल तथा ब्युटीमा प्रशस्त सम्भावना रहेको बताउँदैं यसको उत्खनन राम्ररी हुन नसकेको बताउँछन् ।

बेदान्त हर्बलले कास्टोर आयल, सप्तामृत आयल (जसमा ७ वटा जडिबुटी प्रयोग गरेर बनाइएको छ) सिरो धारा आयल (टाउको दुःखेको समयमा लगाउने तेल), जोर्नी रक्षक, शरीर रक्षक आयल, तेते बेबी मसाज आयल कम्पनीले उत्पादन गरिरहेको डा. रेग्मीले बताए । बेदान्त हर्बल्सले १० वटा प्रोडक्टहरु बजारमा ल्याइसकेको छ ।

इनरिचरले कस्मेटिक प्रडक्टहरु उत्पादन गर्छ । यसले फेस वास, फेस स्क्रब, मोइस्टाइजर क्रिम, सन स्क्रिन क्रिम, लिप गार्ड, स्याम्पु, बडी लोसनजस्ताtf विभिन्न प्रडक्टहरु बजारमा ल्याउने तयारी गरेको छ ।

यस्तै ‘सेफ ह्याण्ड एण्ड सेफ होम’ले क्लिनिङ सम्बन्धि सामाग्रीहरु उत्पादन गरिरहेको छ । ‘क्लिनिङ सम्बन्धि धेरै उत्पादन छन्, हामी जुन छिटै लन्च गर्नेछौं,’ उनले थपे । ‘सबै गरी हिमालय इसेन्समा २६ प्रडक्टहरु उत्पादन भएका छन्,’ डा. रेग्मी भन्छन्, ‘केही प्रडक्टहरु बजारमा आइसके । केही आउने क्रममा छन् ।’

सुरुमा ५/६ जना स्टाफबाट सुरु भएको यो कम्पनीमा अहिले ४० जना  भक्तपुरको टाथलीस्थित उधोगमै काम गर्छन् । त्यसबाहेक मुख्य कार्यलय र बजारसमेत गरी झण्डै ६० जनाले कम्पनीमा रोजगारी पाएका छन् । ‘हामी ५/६ जनाबाट सुरु गरेको हो, अहिले फ्याक्ट्रीमा ४० जना स्टाफ छन् । हेड अफिसमा र मार्केटिङ्गमा गरी लगभग ६० जनाले कम्पनीमा रोजगारी पाएका छन् । कम्पनीको लगानी २ करोडबाट ८ करोड पुगेको डा. रेग्मीले जानकारी दिए ।

कम्पनीको उद्देश्य नेपालीलाई नेपाली उत्पादन नै दिनेछ । हाल कास्टोर आयल, सप्तामृत आयल र जोर्नी रक्षक मार्केटमा अत्यधिक बिक्री भैरहेको उनले बताए । ‘यसको प्रतिक्रिया पनि राम्रो छ, साउथ कोरियाबाट बायो फार्मेसीमा पिएचडी गरेका डा. रेग्मीले सुनाए, ‘यो विषय हर्बल्स प्रोडक्टसँग मिल्छ । आफ्नो आर्जन गरेको सीप नेपालमै खर्चिन मन छ ।’


क्याटेगोरी : मेरो स्टार्टअप, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ