२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशप्रजातान्त्रिक जनस्वास्थ्य संघ सुदूरपश्चिमको अध्यक्षमा खड्का

प्रजातान्त्रिक जनस्वास्थ्य संघ सुदूरपश्चिमको अध्यक्षमा खड्का


धनगढी—सुदूरपश्चिम प्रदेश प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षमा महेन्द्र खड्का चयन भएका छन् । शनिबार धनगढीमा भएको प्रजातान्त्रिक जनस्वास्थ्य संघको पहिलो अधिवेशनले खड्कालाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा प्रनिता भट्ट, सचिवमा पदमराज भट्ट, सह—सचिवमा आशिष शाह, कोषाध्यक्षमा प्रकृति पन्त र सह—कोषाध्यक्षमा ममता जोशी चयन चएका छन् ।

त्यसैगरी, सदस्यहरुमा महेशबहादुर चन्द, दिपेन्द्र जोशी, विनोद भट्ट, सौगात शाह, राजेन्द्र भट्ट, खेम बोगटी, देवीचन्द्र थापा, हेमा भण्डारी, धर्मानन्द जोशी, विनमराज श्रेष्ठ, थानेश्वर पनेरु र आयुशा पाण्डेय चयन भएका छन् ।

८ वैशाखमा हुने नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको अध्यक्षको लागि पेशागत समूहबाट शिवराज सुनारलाई सिफारिस गर्ने निर्णय गरेको छ भने जनस्वास्थ्य संघको केन्द्रीय कार्यसमितिको पदाधिकारी तथा सदस्यको नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेशका वर्तमान अध्यक्ष झनक ढुंगानालाई सिफारिस गर्ने निर्णय भएको छ ।

शनिबार भएको पहिलो अधिवेशनमा प्रजातान्त्रिक जनस्वास्थ्य संघका केन्द्रीय उपाध्यक्ष दयाकृष्ण पन्त, प्रदेशसभा सदस्य प्रकाश बम तथा प्रजातान्त्रिक चिकित्सक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष डा. प्रदिप मिश्र, जनस्वास्थ्य संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष झनकराज ढुंगाना, नेपाल स्वास्थ्यकर्मी संघ सुदूरपश्चिम प्रदेशका सचिव केशर साउँदलगायतको सहभागिता थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ