२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीमा सहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिने

धनगढीमा सहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिने


धनगढी—धनगढी उपमहानगरपालिकाका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्रका नयाँ भवनहरु निर्माण हुन थालेका छन् । भवन निर्माणसँगै सबै वडाबाट स्वास्थ्य सेवा उपलब्ध गराइने बताइएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडकाअनुसार अहिले १९ वटा वडाहरु मध्ये १० वटा वडामा सहरी स्वास्थ्य केन्द्रहरु संचालनमा रहेका छन् ।

‘म निर्वाचित भएर आउँदा २ घोडसुवा, घसिटा र फुलवारीमा गरी ३ वटा स्थानमा मात्रै स्वास्थ्य संस्था थिए,’ नगरप्रमुख वडले भने, ‘अहिले एक वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलगायत १० वटा वडामा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र संचालनमा ल्याएका छौं ।’

धनगढी उपमहानगरपालिकाका इञ्जिनियर कमल ओझाका अनुसार वडा नम्बर ३, ५, ८, ७, ९, १४, १४, १८, १५, १७, मा १५ महिना भित्रै निर्माण सम्पन्न हुने गरी उपमहानगरले ठेक्का सम्झौता गरेर भवन निर्माणको काम थालेको छ ।

‘अहिले एक साता भित्रै सबै वडामा भवनको सिलन्यास हुने गरी काम भैरहेको छ,’ इञ्जिनियर ओझाले भने, ‘निर्धारित समयमा नै काम पूरा हुन्छ । भवन ६ कोठे छन् ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ