२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सलकडाउनका बेला मानसिक स्वास्थ्यका लागि प्रभावकारी फाइभ ‘सी’

लकडाउनका बेला मानसिक स्वास्थ्यका लागि प्रभावकारी फाइभ ‘सी’


१. पहिलो ‘सी’ कन्ट्रोल

कन्ट्रोल अर्थात् नियन्त्रण । हामीले आफूले कन्ट्रोल गर्न सकिने तथा नसकिने दुवै कामहरु गर्नुपर्छ । हामीले सजिलै नियन्त्रण गर्न सकिने कामहरु धेरै हुन्छन् । जस्तैः विज्ञहरुले स्वस्थ्य रहन दिएको मापदण्ड अनुसरण गर्ने, सेल्फ आइसोलेशन बस्ने, हात धुने, सामाजिक दूरी र कायम राख्ने । यी कुराहरु साँच्चै आफू सुरक्षित तथा स्वस्थ्य रहने उपायहरु हुन् । यसका साथै यी सबै गाइडलाइन्सहरु अनुसरण गर्नाले व्यक्तिमा सकरात्मक भाव समेत प्रवाह हुन पुग्दछ ।

यस्तै हामीले कन्ट्रोल गर्न नसकिने कामहरु पनि गर्नुपर्दछ । आफूलाई गर्न असहज एवं गाह्रो बनाउने काम अर्थात् तनाव नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ । जब ती कुराहरु आफूले सझिन्छौ, तब आफ्नो भावनात्मक ऊर्जा जोगाइ राख्नको लागि हामीले त्यसलाई जान दिनुपर्छ । र, लगातार त्यसैलाई सोचेर आफ्नो समय बर्बाद गर्नु हुँदैन ।

२. दोस्रो ‘सी’ केयर

सेल्फ केयर अर्थात् आफ्नो ख्याल राख्नु । यसका लागि हामीले सधै एकै समयमा उठ्ने, फ्रेस हुने, ब्रस गर्ने, सुत्ने एवं शारीरिक व्यायाम गर्ने बानी बसाल्नुपर्छ । यी सबै कुरा मानवीय जीवनमा शारीरिक एवं मानसिक दुवै पक्षका लागि अत्यन्त महत्वपूर्ण र आवश्यक पक्ष पनि हो ।

३. तेस्रो ‘सी’ कन्टीन्युटी

विश्व तीव्र रुपमा परिवर्तन हुने अवस्थामा छ । तसर्थ यस समयमा हामीले आफ्नो यथार्थ धरातल एवं सामान्यीकरणलाई बिर्सनु हुँदैन । अर्थात् हामीले यसलाई आपत् विपद्को समय नभई अन्य समयको जस्तै सामान्य अवस्था भन्ने सम्झनुपर्छ । तसर्थ यसका लागि हामीले अन्य समयमा हेर्ने तथा सुन्ने कार्यक्रम नै रेडियो तथा टेलिभिजनमा हेर्ने र सुन्ने गर्नुपर्छ । यस्ता गतिविधिले तपाईलाई हालको अवस्थामा अन्य समयमा जस्तै सामान्य रहन मद्दत गर्दछ ।

४. चौथो ‘सी’ क्रियटिभिटी

क्रियटिभिटी अर्थात् रचनात्मक तथा सिर्जनशील क्रियाकलाप । अहिलेको समयमा अत्यन्तै महत्वपूर्ण पाटोमध्ये क्रियटिभिटी पनि एक हो । यस समय भनेको आफूभित्र भएको रुचिलाई निर्खाने समय पनि हो । तसर्थ आफूलाई रुचि भएको पेटिङ, क्राफ्टिङ्ग तथा नाचगान एवं अन्य रुचिपूर्ण गतिविधि गर्न सकिन्छ । यस्ता गतिविधिले तनाव एवं चिन्ताबाट टाढा राख्न मद्दत गर्दछ ।

५. अन्तिम ‘सी’ कम्प्यासन

कम्प्यासन यानिकी दया एवं करुणा । यो समयमा हमीले आफ्नो मात्र नभई आफूबाहेक अन्य व्यक्तिको पनि उत्तिकै ख्याल राख्नुपर्छ । तसर्थ यसका लागि हामीले अन्य व्यक्तिलाई आवश्यक परेको समयमा मद्दत गर्न सकिन्छ । यो समय भनेको हामीलाई एक अर्काको साथ एवं सहयोग आवश्यक पर्न सक्ने समय पनि हो । र, हामी सबैजनाले यस्तो परिस्थितिमा आफ्नो दयालुपनलाई बाहिर ल्याई आफूले सक्दो मद्दत गर्नुपर्दछ । र, यो पनि हामीलाई आनन्द दिने क्रियाकलापमध्ये एक हो ।

(बीबीसी रेडियो ह्याक्सकी डा. राधा मोड्गिलले लकडाउनका समयमा कसरी मानसिक र भावनात्मक रुपमा स्वस्थ्य रहन सकिन्छ भनेर पाँच शीर्ष सुझावहरु प्रदान गरेकी छिन् । एक छोटो भिडियोमार्फत उनले दिएको उक्त सुझाव अंग्रेजी बिबिसी न्युजले प्रकाशित गरेको थियो । भिडियोमा उनीद्वरा प्रदान गरिएको फाइभ ‘सी’ कन्सेपटले व्यक्तिलाई यस लकडाउनको समयमा मानसिक र भावनात्मक रुपमा स्वस्थ्य रहन मद्दत गर्ने उनले बताएकी छिन् ।)


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ