२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सदही खाने उपयुक्त समय कुन हो ?

दही खाने उपयुक्त समय कुन हो ?


दूधबाट बनेका सबै उत्पादनमा फरक फरक फाइदा हुन्छ । दही स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । यो आन्द्रा को लागी धेरै लाभदायक छ । पाचन प्रणालीलाई बलियो बनाउनुका साथै यो क्याल्सियमको प्रचुर स्रोत हो । तर दही खानुका सबै फाइदा छन् कि बेफाइदा पनि छन् भन्ने जान्न जरुरी छ । दही कुन समयमा खाँदा उपयुक्त छ भन्ने जान्नु पनि जरुरी हुन्छ ।

बिहान, साँझ र बेलुका दही नखाने
बिहान खाली पेटमा दही खानु हुँदैन । यसले पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ । साँझ र बेलुका दही नखाने । यसले पेट भारी हुने, रुघाखोकी लाग्ने र फ्लुको समस्या पनि निम्त्याउन सक्छ । अर्थात् शरीरमा कफको समस्या बढ्न सक्छ ।

दही कहिले खाने ?
एक मिडिया रिपोर्टका अनुसार दिउँसो दही खानु सबैभन्दा राम्रो समय मानिन्छ । यसले पाचन क्रिया निकै राम्रो बनाउँछ । दिउँसो दही खाँदा सजिलै पच्छ । पित्त र कफको समस्या हुँदैन ।

दही कति खानुपर्छ ?
दिउँसो दही खाँदै हुनुहुन्छ भने यसको मात्रामा पनि ध्यान दिनुहोस् । दिउँसो दही खाँदै हुनुहुन्छ भने एक कचौराभन्दा बढी दही खानु हुँदैन । सकेसम्म ताजा दही खाने गर्ने प्रयास गर्नुहोस् । बासी दहीले पेटको समस्या निम्त्याउन सक्छ ।

दही खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । दही खाने मानिसमा बढी बोसो कम हुने गरेको चिकित्सकहरु बताउँछन् । यसले कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्छ । रक्तसञ्चार ठीक रहन्छ । रक्तचाप पनि बढ्दैन । छालामा दहीको प्रयोग गर्दा पनि यसले छालालाई राम्रो प्रभाव पार्ने जनाइएको छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ