२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सघामको कारणबाट हुने कालोपना हटाउन कफी फेस प्याक, कसरी बनाउने ?

घामको कारणबाट हुने कालोपना हटाउन कफी फेस प्याक, कसरी बनाउने ?


गर्मी मौसममा घामको किरणमा पर्दा टेनिङको समस्या निम्त्याउँछ । यसले छालाको बाहिरी तहलाई नोक्सान पु¥याउँछ । छालाको रंग पनि फिक्का हुन्छ । यो छालामा धेरै कुरूप देखिन्छ ।
छालाको टेनिङ घटाउने धेरै विकल्प बजारमा उपलब्ध भएता पनि केही विकल्प महँगो हुन्छन् भने केहीमा यति धेरै रसायन हुन्छ कि यसले छालालाई झनै हानि पु¥याउँछ । प्रस्तुत छ कालोपना हटाउने केही उपायहरु

कफी मह र काँचो दूध फेस प्याक
सामग्री
कफी पाउडर – दुई चम्चा
मह – दुई चम्चा
काँचो दूध – दुई चम्चा

कसरी बनाउने
एक कचौरामा सबै सामग्रीहरू सँगै मिलाउनुहोस् । यसलाई चिल्लो पेस्ट नभएसम्म मिलाउनुहोस् । यदि फेसप्याक बाक्लो वा पातलो देखिन्छ भने, दूधको मात्रा बढाउन वा घटाउन सकिन्छ । पेस्ट तयार भएपछि, यसलाई अनुहारमा १० देखि १५ मिनेटसम्म लगाउनुहोस् र अनुहारमा छोड्नुहोस् । केही समयपछि गोलाकार गतिमा अनुहारमा मालिस गर्नुहोस् । यसले छालाको फोहोर, मृत छाला हटाउँछ र अब अनुहार धुनुहोस् । हप्तामा दुई देखि तीन पटक प्रयोग गर्नाले छिट्टै फाइदा हुन्छ ।

जैतुनको तेल र कफी फेस प्याक
छालामा प्राकृतिक चमक ल्याउन र टेनिङ हटाउन कफी र जैतुनको तेलबाट बनेको फेस प्याक पनि लगाउन सक्नुहुन्छ । यसका लागि जैतुनको तेल र कफी लिनुहोस् । यी दुवैलाई राम्ररी मिलाउनुहोस् । अब यसलाई अनुहारमा लगाउनुहोस् र १५ देखि २० मिनेटसम्म छोड्नुहोस् । यसपछि सफा पानीले अनुहार धुनुहोस् ।

कफी बेसार र दही फेस प्याक
कफी एक उत्कृष्ट एक्सफोलिएटर हो । यसले अनुहारलाई राम्रोसँग स्क्रब गर्ने काम गर्छ र सूर्यको किरणबाट हुने टेनिङबाट छुटकारा दिलाउँछ । यसले पिग्मेन्टेसनको समस्या पनि हटाउँछ । एक कचौरामा एक चम्चा कफी, बेसार र दही मिसाएर पेस्ट बनाउनुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् र २० मिनेटसम्म छोड्नुहोस्, त्यसपछि सामान्य पानीले अनुहार धुनुहोस् । यो प्याक हप्तामा दुई पटक लगाउनाले फाइदा हुन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ