२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयस्ता छन् भुईँकटहर खानुका फाइदा

यस्ता छन् भुईँकटहर खानुका फाइदा


भुईँकटहरका केही स्लाइसहरू खाँदा तपाईंको शरीरलाई हानिकारक फ्री रेडिकल र रोगबाट बचाउन सकिन्छ । यो खाँदा धेरै रोगबबाट बच्नमा फाइदाजनक छ, जान्नुहोस् यसबाट हुने फाइदाहरु…

भुईँकटहरमा क्यालोरीको मात्रा कम हुन्छ र फाइबर प्रशस्त हुन्छ, जसका कारण तपाई सजिलै तौल घटाउन सक्नुहुन्छ । यसले बडी मास इन्डेक्स पनि घटाउन सक्छ ।

यसको सेवनले इम्युनिटी पावर बढाउँछ, जसले शरीरलाई धेरै रोगसँग लड्न मद्दत गर्छ र यसमा भिटामिन सी पाइने हुँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । धेरै अनुसन्धानहरूले सुझाव दिन्छ कि भुईँकटहरको रसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन ठूलो भूमिका खेल्छ । यसले एन्टिबायोटिकको प्रभाव बढाउन पनि मद्दत गर्छ ।

यसमा पाइने पेक्टिन नामक तत्वले प्रोबायोटिक जस्तै काम गर्छ, जुन पेटका लागि निकै फाइदाजनक हुन्छ । भुईँकटहरको खनिजले कब्जियत र अपचबाट राहत दिन्छ । यसको रसमा ब्रोमेलेन हुन्छ जसले हानिकारक पखाला पैदा गर्ने ब्याक्टेरियाबाट बचाउन सक्छ ।

भुईँकटहरमा क्याल्सियम र फस्फोरस जस्ता धेरै खनिजहरू पाइन्छ, जसले हड्डीलाई बलियो बनाउँछ र गठिया र अन्य हड्डीको समस्यालाई कम गर्न मद्दत गर्दछ । यसको रसमा ब्रोमेलेन, इन्जाइमहरूको समूह हुन्छ, जसले ओस्टियोआर्थराइटिसको कारण हुने सुन्नाइलाई कम गर्न मद्दत गर्दछ ।

यसको सेवनले टाइप २ मधुमेहको जोखिम पनि कम गर्छ । यसमा पोलिफेनोल र फाइबरको मात्रा हुन्छ, जसले टाइप टू मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ ।

यसको सेवन मुटुको स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । भुईँकटहरमा फ्लेभोनोइड्सका साथै पोलिफेनोल प्रशस्त मात्रामा पाइन्छ, जसले रक्तचाप कम गर्छ र मुटुको समस्याबाट पनि बचाउँछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ