२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सपिम्पलबाट छुटकारा पाउन अपनाउनुस् यो घरेलु उपाय

पिम्पलबाट छुटकारा पाउन अपनाउनुस् यो घरेलु उपाय


पिम्पलको समस्या अनुहारमा प्रष्ट देखिने हुने गर्छ । जसका कारण अनुहारको सौन्दर्यमा दाग आउँछ । पिम्पलका कारण अनुहारको चमक पनि कतै दबिन्छ । पिम्पलबाट छुटकारा पाउनका लागि धेरै मानिसहरु धेरै उत्पादनहरु प्रयोग गर्छन् तर समस्याबाट बच्नुको सट्टा बढ्दै जान्छ ।

यस्तो अवस्थामा हामी तपाईलाई भान्सामा रहेको दालचीनीको प्रयोगले पिम्पल्सको समस्यालाई हटाउनको लागि बताइरहेका छौं । दालचीनी खानाको स्वाद बढाउन मात्रै होइन, यसमा पाइने एन्टी–इन्फ्लेमेटरीले एन्टिब्याक्टेरियलको समस्यालाई पनि हटाउन मद्दत गर्छ ।

दालचीनी र दही
दालचीनीमा एन्टिब्याक्टेरियल हुन्छ र दहीले अनुहारलाई चिसो बनाएर पिम्पलको समस्या सजिलै हटाउन सक्छ । यसका साथै दहीमा पाइने गुणले छालालाई चम्किलो बनाउन मद्दत गर्छ, यसको प्रयोग गर्नका लागि एक चम्चा दालचीनीको धूलो, एक चम्चा दही मिसाएर मिश्रण तयार गर्नुहोस् । मिश्रणलाई अनुहारमा ५ देखि १० मिनेटसम्म राख्नुहोस् । यस पछि यसलाई धुनुहोस् । यसो गर्नाले पिम्पलको समस्या पनि हट्छ र अनुहारमा पनि सुधार आउँछ ।

नरिवल तेल र दालचीनी
नरिवलको तेल र दालचीनीको फेसप्याक लगाउनाले अनुहारको दाग कम गर्न सकिन्छ । यी दुईको प्रयोग गर्नका लागि एक चम्चा दालचीनीको धुलो र एक चम्चा नरिवलको तेल लिएर दुवैको मिश्रण बनाउनुहोस् । अब यो मिश्रणलाई अनुहारमा ५ मिनेटसम्म राख्नुहोस् । यसरी अनुहारमा दालचीनी लगाउनाले छालालाई पोषण दिनुका साथै पिम्पलको समस्या पनि हट्छ ।

दालचीनी र मह
दालचीनी र महको साथमा पिम्पलको समस्यामा पनि राहत पाउन सकिन्छ । एक चम्चा दालचीनी पाउडर प्रयोग गर्नुहोस् । आवश्यकता अनुसार दुई चम्चा मह र काँचो दूध लिनुहोस् । यसलाई १० मिनेटको लागि अनुहारमा राख्नुहोस् । त्यसपछि सामान्य पानीले अनुहार धुनुहोस् । यसरी दालचीनी लगाउनाले पिम्पलबाट छुटकारा पाउनुका साथै छालाको अन्य धेरै समस्या पनि हट्छ, र छालालाई पोषण मिल्छ ।

नोट : यो उपाय अपनाउनुघि डाक्टरसँग सल्लाह गर्नुहोला ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ