२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकुन-कुन अवस्थामा पिउनु हुँदैन उखुको जुस ?

कुन-कुन अवस्थामा पिउनु हुँदैन उखुको जुस ?


उखुको रस जति स्वादिलो ​​हुन्छ त्यति नै फाइदाजनक पनि हुन्छ । यो धेरै प्रकारका रोगहरूमा प्रयोग गरिन्छ । यदि कसैलाई जन्डिस वा हेपाटाइटिस भएको छ भने उखुको रस पिउनुपर्छ । पेट सफा गर्न उखुको रसले कुनै हानि गर्दैन ।

यसमा प्रशस्त मात्रामा आइरन हुन्छ, जसले रगतलाई शुद्ध बनाउँछ । उखुको रस पिउनाले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ । धेरै किसिमले फाइदाजनक भए पनि कतिपय रोगमा उखुको रस खानु हुँदैन, नत्र यसको क्षति खतरनाक हुनसक्छ ।
कुन–कुन रोगमा उखुको जुस खानुहुँदैन ?

मधुमेह
मधुमेह रोगीले गल्तीले पनि उखुको जुस पिउनु हुँदैन । वास्तवमा उखुको रस उच्च चिनी पेय भन्दा धेरै गुलियो हुन्छ । मधुमेहका बिरामीले उखुको जुस पिएमा सुगर लेभल खतरनाक अवस्थामा पुग्न सक्छ । तर, एक अध्ययनले उखुको रसमा पोलिफेनोल एन्टिअक्सिडेन्ट पाइने दाबी पनि गरेको छ, जसले प्यान्क्रियाजमा इन्सुलिनको मात्रा बढाउँछ । तर धेरै जसो अवस्थामा मधुमेह रोगीलाई यसबाट टाढा रहन सल्लाह दिइन्छ ।

मुटु रोग
२०१४ मा, जामा इन्टरनल मेडिसिनमा उखुको रसको बारेमा एक अध्ययन प्रकाशित भएको थियो । यस अध्ययनमा चिनीबाट २० प्रतिशत ऊर्जा प्राप्त गर्ने व्यक्तिहरूमा हृदय रोगबाट मर्ने जोखिम ३८ प्रतिशत बढी हुने दाबी गरिएको थियो । उखुको रसमा चिनीको मात्रा बढी हुने भएकाले मुटुका बिरामीले यसबाट बच्नुपर्छ ।

रक्तचाप
वेबएमडीका अनुसार उखुको रस निकै गुलियो हुन्छ, यस्तो अवस्थामा यसको सेवन गर्दा रक्तचाप उच्च हुन्छ । उच्च रक्तचापका बिरामीले उखुको जुस पिउनु हुँदैन । यो उनीहरूका लागि खतरनाक छ ।

कोलेस्ट्रोल
उखुको रसले शरीरमा कोलेस्ट्रोलको मात्रा पनि बढाउन सक्छ । यस्तो अवस्थामा नराम्रो कोलेस्ट्रोल बढेका मानिसहरू यसबाट टाढा रहनुपर्छ । उखुको रसबाट फ्याटी लिभर रोगको जोखिम पनि हुन्छ ।

मोटोपना उखुको रस लगातार पिउने हो भने चाँडै बढ्छ । जसका कारण तपाईको तौल अचानक बढ्छ । चिनीले तौल बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले उखुको रसले तौल छिट्टै बढाउँछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ