२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सशेभिङ गर्दा हुनसक्ने कटबाट बच्न अपनाउनुस यी टिप्स

शेभिङ गर्दा हुनसक्ने कटबाट बच्न अपनाउनुस यी टिप्स


शरीरमा नराम्रा लाग्ने रौँहरु सेभ गर्दा धेरै पटक हाम्रो छाला काटिन्छ । धेरै मानिसहरूले यो पीडादायी क्षणलाई नचाहँदा नचाहँदै पनि अनुभव गर्छन् । तपाईले पनि धेरै पटक गर्नुभयो होला । यद्यपि, तपाईंले सेभिङ गर्न र यसको गम्भीरता कम गर्न विभिन्न उपायहरू अपनाउन सक्नुहुन्छ, ताकि तपाईंले भविष्यमा यस्तो पीडादायी अवस्थाको सामना गर्नु नपरोस् ।

कसरी आफूलाई सेभिङ गर्दा काटिनबाट जोगाउने?

१. सधैं नुहाउने क्रममा सेभिङ गर्नुहोस्, किनकि यसो गर्दा छालामा नरमपना रहनेछ, जसले काट्ने जोखिम कम गर्नेछ । धेरै जसो केसहरूमा, सुक्खा छालामा शेभिङ गर्दा वा हेरचाह नगर्दा कट हुने गर्छ ।
२. सधैं ताजा ब्लेड प्रयोग गर्नुहोस् । किनभने पुरानो ब्लेडको किनारा कमजोर हुन्छ । जसका कारण सेभ गर्दा काट्ने खतरा बढ्छ ।
३. शेभ गर्दा सावधान रहनुहोस् । हतारमा शेभ नगर्नुहोस् र यदि छाला सुख्खा छ भने पानीले भिजाएर मात्र गर्नुहोस् । यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ छालामा फोम, क्रिम या साबुन पनि प्रयोग गर्न सक्नुहुन्छ ।

शेभिङ कट्स कसरी निको पार्ने?
सेभिङ गर्दा छाला काटिन्छ भने अपनाउनुहोस् यी टिप्स…

१. धाराको पानीबाट काटिएको एरिया धुनुहोस् । यसोगर्दा घाउ भएको ठाउँमा जम्मा भएको कुनै पनि प्रकारको फोहोर सफा हुन्छ ।
२. रक्तस्राव बन्द नभएसम्म सफा कपडा वा टिस्युले काटिएको ठाउँमा थिच्नुहोस् ।
३. आइस क्यूब पनि रक्तस्राव नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ । किनभने बरफले जलन र दुखाइलाई धेरै हदसम्म कम गर्न सक्छ ।
४. संक्रमणबाट बच्नको लागि कटमा एन्टिबायोटिक औषधि लगाउनुहोस् ।
५. सही मोइस्चराइजर प्रयोग गर्नुहोस् । किनभने मोइस्चराइजरले तपाईको छालालाई नरम राख्न मद्दत गर्छ ।
६. घाउ निको नहुँदासम्म सोही ठाउँमा सेभ नगर्नुहोस ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ