२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सगर्भवती महिलाले कफी पिउन हुन्छ ?

गर्भवती महिलाले कफी पिउन हुन्छ ?


गर्भावस्थामा महिलाहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । किनभने उनीहरूको हरेक गतिविधिले उनीहरूको बच्चालाई निश्चित रूपमा असर गर्छ । तपाईं के खाँदै हुनुहुन्छ, के पिउनुहुन्छ र के गर्दै हुनुहुन्छ, यी सबै कुराहरूले तपाईंको बच्चालाई असर गर्छ ।

भर्खरै गरिएको एक सर्वेक्षणले तपाईंको मनपर्ने ’कफी’ ले तपाईंको बच्चाको स्वास्थ्यलाई हानि पु¥याउन सक्छ भन्ने पत्ता दगाएको छ । यदि तपाईं गर्भवती हुनुहुन्छ र कफी पिउने सोखिन हुनुहुन्छ भने, तपाईंले यससँग सम्बन्धित हानिहरू बारे जान्न धेरै महत्त्वपूर्ण छ ।

मिररको रिपोर्टका अनुसार कफी पिउने ८० प्रतिशत गर्भवती महिलाले आफ्नो क्याफिनको सेवनमा ध्यान नदिने सर्वेक्षणले देखाएको छ । उनीहरूले गर्भावस्थामा दैनिक २०० मिलीग्रामभन्दा बढी क्याफिन खानु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि कफी बढी पिउने गर्छन् । यदि तपाईंले आफ्नो क्याफिनको सेवनमा ध्यान दिनुभएन भने, यसले तपाईंको बच्चामा धेरै नराम्रो प्रभाव पार्न सक्छ ।

कति कफी पिउनु उचित छ?

गर्भावस्थामा कफीको सेवन पूर्णतया बन्द गर्नुपर्छ भन्ने होइन । तर यदि तपाइँ दैनिक २०० मिलीग्राम भन्दा बढी क्याफिन खपत गर्नुहुन्छ भने तपाइँ यसलाई कम गर्न आवश्यक छ । गर्भावस्थामा २०० मिलीग्राम भन्दा बढी कफी पिउनाले तपाईका साथै तपाईको बच्चालाई धेरै स्वास्थ्य समस्याहरूको शिकार बनाउँछ ।

यदि तपाईं गर्भवती हुनुहुन्छ र कफी बिना बाँच्न सक्नुहुन्न भने, दिनमा दुई कप इन्स्ट्यान्ट कफी र एक गिलास फिल्टर कफी मात्र पिउनुहोस् भनी विशेषज्ञहरूले सुझाव दिन्छन् । किनभने यो भन्दा बढी पिउनु गर्भावस्थाको लागि खतरनाक हुन्छ ।

आजकल, अधिकांश कफी पसलहरूमा क्याफिन धेरै प्रयोग गरिन्छ, जुन गर्भवती महिलाहरूको स्वास्थ्यको लागि बिल्कुल राम्रो छैन । सर्वेक्षणले हाई स्ट्रिट चेन कोस्टाको एक मध्यम आकारको गिलास क्यापुचिनोमा ३२५ मिलीग्रामसम्म क्याफिन रहेको पाइएको छ, जुन गर्भवती र स्तनपान गराउने महिलाका लागि सिफारिस गरिएको सीमाभन्दा डेढ गुणा बढी हो ।

धेरै कफी पिउनुभयो भने के हुन्छ?

सर्वेक्षणका अनुसार गर्भावस्थामा बढी क्याफिन सेवन गर्दा तपाईंको बच्चा समयअघि नै जन्मिने वा जन्मेपछि मर्न समेत सक्छ । यति मात्र होइन, बच्चा मरेर जन्मिने सम्भावना पनि छ । गर्भावस्थाको प्रारम्भिक दिनमा दिनमा ५०० मिलिग्रामभन्दा बढी क्याफिन खाने महिलालाई मुटुको धड्कन तीव्र हुने, श्वासप्रश्वासको गति बढ्ने र निद्रा नलाग्ने सम्भावना बढी हुने विज्ञहरू बताउँछन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ