२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सदाँतको हरेक समस्यामा प्रभावकारी ८ घरेलु उपाय

दाँतको हरेक समस्यामा प्रभावकारी ८ घरेलु उपाय


महँगो टूथपेस्टको प्रयोग गर्दा पनि दाँतको सेतोपन र चमक देखिदैन भन्ने गुनासो प्रायः मानिसहरुको सुनिन्छ । यस्तो अवस्थामा दाँतको हेरचाहको लागि सजिलो घरेलु उपचार धेरै उपयोगी हुन सक्छ ।

दाँत सफा गर्न होस् वा चमक बढाउन वा दुर्गन्ध हटाउनका लागि, दाँतका लागि सरल र स्वदेशी उपायहरू उपलब्ध छन् । यी उपायहरू दाँत र गिजाका लागि फाइदाजनक साबित हुनेछन् ।

१– दाँतलाई चम्किलो बनाउन एक चम्चा बेकिङ सोडा, एक चम्चा नुन र धुलो चिनी लिनुहोस् र यसलाई बोतलमा राख्नुहोस् । यसबाट दाँत सफा गर्नुहोस् ।

२– अलिकति बेकिंग सोडामा ताजा कागतीको रस मिसाएर पेस्ट बनाउनुहोस् र ब्रसको मद्दतले दाँतमा राम्ररी लगाउनुहोस् । त्यसपछि टिस्यु पेपरले दाँत रगडेर सफा गर्नुहोस् ।

३– तोरीको तेलमा नुन मिसाएर बिहान बेलुका प्रयोग गर्दा दाँत, गिजा र दाँत दुख्ने समस्यामा आराम मिल्छ । यसका साथै दाँत पनि चम्किलो र बलियो हुन्छ ।

४– बिहान दाँत माझ्नुअघि एक चम्चा नरिवलको तेल मुखमा हालेर दाँतको वरिपरि राम्ररी घुमाउनुहोस् र १५ मिनेटसम्म दाँतमा तेल छोड्नुहोस् । त्यसपछि मनतातो पानीले राम्ररी कुल्ला गर्नुहोस् । यसरी हप्तामा दुई–तीन पटक यसो गर्दा दाँत सफा र सेतो हुन्छ ।

५– बिहान ब्रस गरेपछि बराबर मात्रामा पानीमा एप्पल साइडर भिनेगर मिसाएर कुल्ला गर्नाले केही मिनेटमै दाँतको दुर्गन्ध हट्छ । हप्तामा दुई पटक भन्दा बढी सिरका प्रयोग नगर्नुहोस् ।

६– सुकेको सुन्तलाको बोक्रासँग तेजपत्तालाई राम्ररी पीस्नुहोस् । अब त्यो पाउडरलाई आफ्नो औंलाको मद्दतले ब्रश गर्नुहोस् । घरेलु टुथ पाउडर दाँतको लागि धेरै राम्रो छ ।

७– एक चम्चा बेसार र एक चम्चा नरिवलको तेलमा २–३ थोपा पुदिनाको तेल मिलाउनुहोस् । अब त्यो मिश्रणलाई सामान्य टूथपेस्ट जस्तै प्रयोग गर्नुहोस् । यो घरेलु उपायले दाँतको हेरचाहसँगै सेतोपन पनि फर्काउँछ ।

८– ताजा एलोभेराको जुस वा त्यसबाट बनेको जेल दाँतमा मल्ने । त्यसपछि ब्रसले मसाज गर्नुहोस् र कुल्ला गर्नुहोस् । ब्रस गरेपछि पनि यो काम दोहोर्याउन सक्नुहुन्छ । केही हप्तामा, तपाईंको अनुहारमा मुस्कान चम्किलो सेतो दाँतले सजिनेछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ