२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकिन लाग्छ बारम्बार भोक ? यस्ता छन् ४ कारण

किन लाग्छ बारम्बार भोक ? यस्ता छन् ४ कारण


खाना कुनै पनि व्यक्तिको दैनिक जीवनको एक हिस्सा हो । संयमित व्यक्तिहरुले बिहान, दिउँसो र बेलुका स्मार्ट डाइट लिन्छिन् । शरीरमा क्यालोरीको अवस्था ठीक रहोस् र शरीरको तौल नबढोस् भनेर यत्ति मात्रै खाइयोस् भन्ने यत्तिको ख्याल राख्छन् ।

कतिपय मानिसहरु यस्ता हुन्छन् जो सधैं केहि न केहि खाईरहन्छन् । उनीहरु यति धेरै खान्छन कि कति खादै छौ भन्ने याद नै हुदैन । वास्तवमा धेरै खानुको पछाडि केही तर्क लुकेको हुन्छ ।

किन बढी भोक लाग्छ ?

पोषक तत्वको कमी
धेरै पटक जब चिज, चकलेट, सबै कुरा खान मन लाग्छ, तब शरीरमा पोषक तत्वको कमीका कारण यस्तो भइरहेको हो भनेर जान्न जरुरी हुन्छ । प्रोटिन, भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट जस्ता तत्वको कमीका कारण बारम्बार भोक लाग्ने हुन्छ ।

हर्मोनल असंतुलन हुनु
शरीरमा हर्मोनको असन्तुलन भए पनि भोक बढ्न सक्छ । यस समयमा, हर्मोनहरूले यस्ता इन्जाइमहरू निस्कन सक्छन्, जसले भोक बढाउँछ । यसमा घ्रेलिन हर्मोन सामान्य हुन्छ । अत्याधिक खानेकुराले मोटोपन लगायत अन्य समस्या निम्त्याउन सक्छ । यसले शरीरमा अन्य समस्या पनि निम्त्याउन सक्छ ।

तनावका कारण
यदि तपाई तनावमा हुनुहुन्छ भने पनि तपाईको भोक बढ्न सक्छ । यो समयमा कोर्टिसोल स्तर बढ्छ । यसले भोक बढाउन मद्दत गर्छ । यसमा व्यक्तिले बढी क्यालोरीयुक्त खाना खान थाल्छ । जसका कारण उनीहरुले बोसोयुक्त र उच्च क्यालोरी भएको खाना खान थाल्छन् । यदि यस्तो बानी विकास हुँदैछ भने त्यसबाट बच्नुपर्छ ।

अधिक रक्सी
रक्सी पिउनु पनि भोक बढाउनको लागि ठूलो कारक हो । धेरै कम रक्सी पिउने मानिसहरूको भोकमा कुनै महत्त्वपूर्ण भिन्नता छैन । जबकि, धेरै रक्सी पिउने मानिसहरूलाई बढी भोक लाग्छ । उनीहरुलाई नुनिलो चीजहरू, प्रशोधित खानाहरू वा पेय पछि फ्याटी स्न्याक्स खान मन पर्छ । यस्ता व्यक्ति चाँडै मोटोपनाको सिकार हुन्छन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ