२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकपाल, नङ र छालाका लागि आवश्यक ओमेगा–३ के बाट प्राप्त हुन्छ ?

कपाल, नङ र छालाका लागि आवश्यक ओमेगा–३ के बाट प्राप्त हुन्छ ?


शरीरलाई स्वस्थ रहन भिटामिन, खनिज र अन्य पोषक तत्व चाहिन्छ । यदि तपाईंले आफ्नो खानपानमा ध्यान दिनुभएन भने शरीरमा धेरै किसिमले कमी हुनसक्छ र चिन्ताजनक लक्षणहरू देखिन सक्छन् ।

यस्तै एउटा समस्या ओमेगा–३ को कमी हो, किनकि रगत जम्ने लगायत हर्मोन बनाउन शरीरलाई ओमेगा–३ फ्याटी एसिड चाहिन्छ । ओमेगा–३ मा पाइने इपिए र डिएचएले तपाईंको छालाको स्वास्थ्य र आँखाको ज्योतिमा पनि मद्दत गर्छ ।

शरीरमा ओमेगा–३ को कमीकसरी थाहा पाउने ?

नङ भाँचिने र छाला सुख्खा हुने लक्षण हुन सक्छ
ओमेगा–३ फ्याटी एसिड तपाईंको छाला, कपाल र नङलाई स्वस्थ राख्नको लागि आवश्यक हुन्छ । यो स्वस्थ बोसोको कमीले छाला सुख्खा हुनुका साथै छालामा दागहरू निम्त्याउन सक्छ ।

छाला सुक्खा हुनु र नङ टुट्नु पनि ओमेगा–३ को कमी को लक्षण हुन सक्छ । ओमेगा–३ फ्याटी एसिड तपाईंको नङको लागि आवश्यक छ ।

ओमेगा–३ फ्याट तपाईको कपाललाई पोषण दिन र बाक्लो बनाउन पनि आवश्यक छ । त्यसैले कमीले छालाका कोशिकाहरू र कपालको फोलिकल्सको कुपोषणको कारणले कपाल झर्ने गर्छ ।
यस कमीको अन्य सामान्य लक्षणहरूमा कम निद्रा र थकान समावेश छ ।

हृदय रोग र स्ट्रोक को जोखिम
लङ चेन ओमेगा–३ फ्याटी एसिड तपाईंको मुटुलाई स्वस्थ राख्नको लागि आवश्यक छ । विज्ञहरुका अनुसार ओमेगा ३ को कमीले हृदयघात र स्ट्रोकको जोखिम बढाउन सक्छ ।

ओमेगा–३ फ्याटी एसिडले तपाईंको शरीरमा ट्राइग्लिसराइड्सको स्तर कम गर्न पनि मद्दत गर्छ, जसको उच्च स्तरले तपाईंलाई हृदय रोग र स्ट्रोकको जोखिममा पार्न सक्छ ।

शरीरमा ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउन तपाईंले वनस्पतिको तेल, फ्ल्याक्ससीड, हेम्प सीड, चिया सीड, पालक र ओखर, समुद्री माछा आदिको सेवन गर्न सक्नुहुन्छ ।

कमजोरी भए के गर्ने ?
यदि तपाईलाई ओमेगा–३ फ्याटी एसिडको कमी छ जस्तो लाग्छ भने डाक्टरसँग परामर्श लिनुहोस् । आफ्नो आहारमा ओमेगा–३ युक्त खानेकुराको मात्रा बढाएर कमीका लक्षणहरू कम गर्न मद्दत गर्न सकिन्छ ।

यदि तपाइँ ओमेगा–३ पूरक लिने योजना बनाउनुहुन्छ भने आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ