२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सलामो समय पिसाब रोक्दा आउन सक्छन् यस्ता समस्या

लामो समय पिसाब रोक्दा आउन सक्छन् यस्ता समस्या


पिसाब जानु एक प्राकृतिक प्रक्रिया हो । गर्मीमा मानिसको शरीरबाट कम पिसाब जान्छ भने जाडोमा पिसाब बढी जानुपर्छ । वास्तवमा गर्मीमा शरीरबाट पसिनाको रुपमा पानी बाहिर निस्कन्छ भने जाडोमा यस्तो अवस्था आउँदैन । यस कारण गर्मीमा पिसाब कम आउँछ । मानिसहरूले पिसाब गर्दा सहज महसुस गर्छन् । तर कतिपय जबरजस्ती पिसाब रोक्ने पनि हुन्छन् ।

यदि एक वा दुई पटक पिसाब रोकियो भने समस्या हुन्न तर यदि बारम्बार पिसाब रोक्ने गरिन्छ भने यो खतरनाक हुन सक्छ ।
पिसाब रोक्दा के के हानि हुन सक्छ ?

मूत्र पथ संक्रमण
लामो समयसम्म पिसाब रोक्नुभयो भने पिसाबको पथमा इन्फेक्सनको समस्या हुन सक्छ । पिसाब नलीमा ब्याक्टेरिया बढ्न थाल्छ । यसले पिसाबमा रगत आउनु, जलन हुने, गाढा रंगको पिसाब हुनु, पेटको तल्लो भागमा दुख्ने जस्ता समस्या हुन सक्छ । धेरै समयसम्म पिसाब रोकिने भएकाले महिलामा यस्तो समस्या बढी हुने गर्छ ।

दुखाइ महसुस
लामो समयसम्म पिसाब रोकिराखेका मानिसहरूको मूत्राशय र मृगौलामा दुखाइको अनुभूति हुन सक्छ । वास्तवमा, मृगौलामा विषाक्त पदार्थ बाहिर निकाल्न दबाब हुन्छ । तर पिसाब रोक्नुले यो प्रक्रियामा बाधा पु¥याउँछ । यसले पिसाबको मांसपेशी र मृगौला दुख्ने गर्छ ।

मिर्गौलाको पत्थरी
लामो समयसम्म पिसाब रोकिराख्दाको असर मिर्गौलामा देखिने गर्छ । जहाँ पीडा हुन्छ । साथै लामो समयसम्म पिसाब रोक्दा पनि पत्थरीको समस्या हुन सक्छ । धेरै स्टोन बनेर मिर्गौला बिग्रने खतरा बढ्छ ।

मूत्रथैली फुट्न सक्छ
यदि तपाइँ बारम्बार पिसाब रोक्दै हुनुहुन्छ भने, यसले मूत्राशयको आवरण कमजोर हुन थाल्छ । यो अवस्था लामो समयसम्म दोहोरिएमा पिसाब थैली फुट्ने खतरा रहन्छ । पिसाब लिक हुने सम्भावना रहन्छ । जसका कारण गोप्य अंगमा पनि असह्य पीडा हुन थाल्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ