२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सक्षयरोग भएको कसरी थाहा पाउने ? कुन रोगका बिरामीलाई यसको जोखिम हुन्छ ?

क्षयरोग भएको कसरी थाहा पाउने ? कुन रोगका बिरामीलाई यसको जोखिम हुन्छ ?


विश्व क्षयरोग दिवस हरेक वर्ष मार्च २४ मा मनाइन्छ । यदि कुनै व्यक्तिलाई क्षयरोग भयो भने उसको उपचार ६ महिनासम्म रहन्छ । ६ महिनासम्म लगातार औषधि सेवन गर्ने व्यक्ति पूर्ण रूपमा निको हुन्छन् । बीचमा औषधि छोड्नेहरू औषधी रेसिसटेन्ट हुन सक्छ । कुनै समय महामारीको रुपमा फैलिएको क्षयरोग अहिले शतप्रतिशत निको हुने रोगमा पर्दछ । यति हुँदाहुँदै पनि यो रोग आज पनि विश्वका लागि चिन्ताको विषय बनेको छ ।

पहिलेदेखि नै अन्य कुनै रोगबाट ग्रसित भएका मानिसहरूका लागि यो रोग बढी खतरनाक हुने चिकित्सकहरू बताउँछन् । उदाहरणका लागि, मधुमेह रोगीको लागि टिबी अझ खतरनाक हुन्छ ।

यसमा मधुमेहको जोखिम ४ गुणा बढी हुन्छ
मधुमेहबाट पीडित व्यक्तिहरू, स्वस्थ मानिसको तुलनामा उनीहरुमा क्षयरोग लाग्ने जोखिम ४ गुणा बढ्छ । एकै समयमा, क्षयरोगबाट संक्रमित व्यक्तिहरूमा ३० प्रतिशतसम्म मधुमेह हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा मधुमेह र क्षयरोगको आपसी सम्बन्ध हुन्छ । दुवै रोगबाट पीडित व्यक्तिहरूले सावधानी अपनाउनु पर्छ ।

क्षयरोग शतप्रतिशतरुपमा निको हुन्छ । तर अझै पनि यो विश्वका लागि खतरा बनेको छ । वर्षेनी करिब एक देखि २० लाख मानिस यसको सिकार हुने गरेका छन् । नेपालले पनि यसका लागि पञ्चवर्षे कार्ययोजना लागु गरेको छ भने यस वर्र्षको विश्व स्वास्थ्य संगठनको ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ को मुल नारालाई आत्मसात् गर्दै क्षयरोग दिवस मनाउँदै छ ।

क्षयरोगका लक्षणहरू के के हुन् ?

अन्य रोगहरू जस्तै क्षयरोगमा पनि लक्षणहरू हुन्छन् । समयमै पहिचान गर्न जरुरी छ । क्षयरोगको चपेटामा आउने मानिसहरुमा थकान र कमजोरी, तौल घट्ने, उच्च ज्वरो आउने, छाती दुख्ने, लगातार खोकी लाग्ने, रगत आउनेजस्ता लक्षणहरु देखिन्छन् । त्यस्तै समयमै पहिचान गरेर उपचार नभएको अवस्थामा बिरामीको मृत्यु हुने गरेको छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ