२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्समाछा खाएको केहीबेरमै किन पिउनुहुँदैन दुध ?

माछा खाएको केहीबेरमै किन पिउनुहुँदैन दुध ?


माछा खानु हाम्रो स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । यसमा प्रचुर मात्रामा प्रोटिन मात्र नभई क्यान्सरजस्ता घातक रोगलाई जरैदेखि उखेल्ने शक्ति हुने धेरै पोषक तत्व पनि पाइन्छ । धेरै माछा खाने मानिसको कपाल लामो हुन्छ र आँखा स्वस्थ हुन्छ भन्ने मान्यता छ ।

मधुमेहका रोगीका लागि माछा निकै फाइदाजनक मानिन्छ । तर धेरै अनुसन्धानका अनुसार माछा सँगै दूध पिउनाले छाला सम्बन्धी रोग लाग्न सक्छ । माछा र दूध एकसाथ खाँदा मानिसको शरीरमा सेतो दाग बन्ने विश्वास गरिन्छ, जसलाई ‘भिटिलिगो’ भनिन्छ ।

भिटिलिगोमा, छालाले पिगमेन्ट मेलानिन गुमाउँछ, जसले सेतो दागहरू निम्त्याउँछ । यो रोगलाई ल्युकोडर्मा नामले पनि चिनिन्छ । यसमा छालामा मेलानिन नामक पदार्थको निर्माण बन्द हुन्छ । यसले मानिसहरूको छालाको रंग निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

विज्ञहरूका अनुसार माछा र दूध सँगै खाँदा फूड पोइजनिङ जस्ता गम्भीर रोग लाग्न सक्छ । त्यसैले माछा हाम्रो स्वास्थ्यका लागि फाइदाजनक भए पनि यसको साथमा दूध सेवन गर्दा गम्भीर रोग पनि लाग्न सक्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ