२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयस्ता छन् अनुहारमा साबुन प्रयोग गर्नुका ४ बेफाइदा

यस्ता छन् अनुहारमा साबुन प्रयोग गर्नुका ४ बेफाइदा


धेरैजसो मानिसले अनुहार धुन फेसवाशको प्रयोग गर्छन् । यद्यपि अनुहार धुन साबुन प्रयोग गर्न मन पराउनेको संख्या पनि कम छैन । अनुहारमा साबुन लगाउनाले छालामा नराम्रो असर पर्छ भन्ने कुरा धेरैलाई थाहा छैन । साबुन शक्तिशाली क्लिन्जर भए तापनि यसले अनुहारको चमक हटाउन सक्छ ।

छाला विशेषज्ञहरुका अनुसार साबुन सबैभन्दा खराब छाला उत्पादन मध्ये एक हो । यसले तपाईको छालाबाट मात्र नभई तपाईको अनुहारबाट पनि मोइश्चर हटाउन सक्छ । छाला विज्ञहरू भन्छन् ‘यदि तपाईंले आफ्नो अनुहार दिनहुँ साबुन प्रयोग गर्नुहुन्छ भने, तपाईंले आजबाट त्यसो गर्न बन्द गर्नुपर्छ । किनकी यसो गर्दा तपाईको छाला सुख्खा, खस्रो, निर्जीव बन्न सक्छ र थप नरमपना पनि खोस्न सक्छ ।’

साबुनको साइड इफेक्ट
साबुनले छालामा जमेको फोहोर हटाउन मद्दत गर्छ । प्रदूषणको कारण फ्री रेडिकलले हुने क्षतिलाई कम गर्छ र छालाको मृत कोशिकाहरूलाई पनि हटाउँछ । साबुनमा यति धेरै गुणहरू भएता पनि तपाईंले यसलाई आफ्नो अनुहारमा प्रयोग गर्नबाट जोगिनुपर्छ । साबुन लगाउनाले तपाईको छालालाई के–कस्ता हानीहरू सामना गर्न सक्छ त ?

१. समयपूर्व बुढ्यौलीः
साबुनमा पाइने रसायनहरूले विषाक्त पदार्थ, ब्याक्टेरिया र अन्य फोहोर कणहरू छालाको तहहरूमा गहिरो भागसम्म जान दिन्छ । यही कारणले छालामा क्षति पुग्न थाल्छ । अनुहारमा लगातार साबुनको प्रयोगले रातोपन, सुख्खापन, जलन, चिलाउने र चाउरी पर्न सक्छ ।

२. छालाको माइक्रोबायोमलाई हानि पु¥याउँछः
छालामा विभिन्न प्रकारका रोगजनकहरू पाइन्छ, जसले छालाको तहलाई हानिकारक ब्याक्टेरिया, भाइरस र फङ्गसको आक्रमणबाट बचाउँछ । तिनीहरूलाई छालाको माइक्रोबायोम पनि भनिन्छ । साबुनमा पाइने केमिकलले छालाको एसिडिटी कम गर्छ र धेरै राम्रा ब्याक्टेरियालाई मार्छ । यही कारणले गर्दा मानिसहरु प्रायः छालामा सुन्निने, इन्फेक्सन र पिम्पल, र वार्ट्स जस्ता समस्याको सामना गर्छन् ।

३. छालाको छिद्रहरू रोक्छः
साबुनको नियमित प्रयोगले छालाको सतहमा रहेका छिद्रहरू रोक्न सक्छ । छाला विज्ञहरूका अनुसार धेरैजसो साबुनमा फ्याटी एसिड हुने भएकाले छालाको छिद्रमा जम्मा भएर त्यसलाई रोक्छ । जसका कारण ब्ल्याकहेड्स, ब्रेकआउट, इन्फेक्सन जस्ता समस्याहरु आउन थाल्छन् ।

४. भिटामिनहरू हटाउँछः
साबुनले छालाबाट ती भिटामिनहरू पनि हटाउँछ, जसले यसलाई स्वस्थ र ताजा राख्न मद्दत गर्दछ । विज्ञहरूका अनुसार साबुनमा पाइने बलियो रसायनले छालाबाट भिटामिन डी खोस्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ