२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सरोग निको भएपछि फेर्नुपर्छ टूथब्रश : नत्र फेरी हुनसक्छ संक्रमण

रोग निको भएपछि फेर्नुपर्छ टूथब्रश : नत्र फेरी हुनसक्छ संक्रमण


यसो त परिवारका मानिसहरु बिरामी भइरहन्छन् र घरमा रोग लागेमा सरसफाइलाई ध्यानमा राखेर निको भइसकेपछि ओछ्यान, तकिया र अन्य चीजहरू अवश्य सफा गर्नुपर्छ । संक्रमणलाई ध्यानमा राखी यी चीजहरू परिवर्तन गर्नुपर्छ जसको कारण रोगको संक्रमण समाप्त हुन्छ ।

तर बिमारीपछि, तपाइँ आफ्नो टूथब्रश पनि परिवर्तन गर्नुहुन्छ कि तपाइँ उही टूथब्रश प्रयोग गर्नुहुन्छ ?
रोगबाट निको भएपछि टूथब्रश परिवर्तन गर्नुपर्छ, यसले तपाईंलाई फेरि भाइरल संक्रमणको सिकार बन्न दिँदैन ।

रोग लागेपछि टूथब्रश किन फेर्नुपर्छ ?

आजकल संक्रामक रोगहरु तिव्र गतिमा फैलिरहेका छन्, भाइरल इन्फेक्सन, छालाको इन्फेक्सन वा अन्य संक्रामक ब्याक्टेरियाबाट धेरैलाई रोग लागिरहेको छ । बिरामीले दाँत माझ्दा मुखमा भएका संक्रमित ब्याक्टेरिया टूथब्रशमा टाँसिने चिकित्सकहरू बताउँछन् । यसपछि यदि बिरामीले निको भएर पनि त्यही टूथब्रश प्रयोग गरेमा संक्रामक ब्याक्टेरियाले त्यही टूथब्रशमार्फत उसलाई आक्रमण गर्न सक्छ ।

भाइरल संक्रमण पछि टूथब्रश परिवर्तन गर्नुहोस्
विशेष गरी फंगस, भाइरल जस्ता रोगबाट निको भइसकेपछि टूथब्रश परिवर्तन गर्नु निकै जरुरी हुन्छ । अर्थात् घरको कुनै सदस्य भाइरल इन्फेक्सन, छालाको सङ्क्रमण र अन्य कुनै सङ्क्रामक सङ्क्रमणबाट पीडित भएमा निको भएमा उसले आफ्नो टूथब्रश परिवर्तन गर्नुपर्छ । यदि तपाइँको घरका मानिसहरु एउटै नुहाउने कोठा प्रयोग गर्दै हुनुहुन्छ भने, तपाइँको टूथब्रश परिवर्तन गर्न आवश्यक छ । किनकी यसले घरका अन्य सदस्यहरूलाई पनि संक्रमण हुन सक्छ ।

कोरोनाको बढ्दो प्रकोपलाई हेरेर सुझाव 
कोरोनाको घातक लहरपछि स्वास्थ्य विज्ञले कोरोनाबाट निको भइसकेपछि आफ्नो टूथब्रश, जिब्रो क्लिनर, तौलिया र सरसफाइसँग सम्बन्धित सबै कुरा परिवर्तन गर्नुपर्ने चेतावनी दिएका थिए, नत्र ती प्रयोग गरेका वस्तुले नै कोरोनाजस्तो डरलाग्दो भाइरस फैलिन सक्छ र फेरि आक्रमण गर्न सक्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ