२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सऔँला पड्काउने बानी छ ? हुन सक्छन् यस्ता बेफाइदा

औँला पड्काउने बानी छ ? हुन सक्छन् यस्ता बेफाइदा


तपाईँले धेरै मानिसहरूलाई आफ्नो फुर्सदको समयमा आफ्नो औँलाहरू पड्काईरहेको देख्नु भएको छ । सायद तपाईँ पनि ती व्यक्तिहरू मध्ये पर्नुहुन्छ । धेरैलाई आफ्नो औँला पड्काउने बानी हुन्छ । कसैलाई पड्काउँदा आउने आवाज मन पर्छ भने कसैलाई आफ्नो औँलाहरू पड्काउँदा खुसी लाग्छ । तर के तपाईँले कहिल्यै सोच्नुभएको छ कि यो बानीले तपाईँको स्वास्थ्यलाई कत्तिको नराम्रो असर गर्छ ?

औँला पड्काउँदा धेरै शारीरिक समस्या निम्तिन सक्छ । औँला मात्र नभई घाँटी र ढाड पड्काउने बानी पनि खतरनाक हुन सक्छ । घाँटी र ढाड पड्काउँदा जोर्नीमा खुकुलोपनको समस्या हुन सक्छ, जसलाई हाइपरमोबिलिटी भनिन्छ । यसले तपाईँको जोर्नीलाई कमजोर बनाउँछ अर्थात् घाँटी र ढाडमा सानो चोट लागे पनि यसको परिणाम घातक हुन सक्छ ।

औँला पड्काउनुका बेफाइदाहरू 
वास्तवमा शरीरको जोर्नीहरूमा विशेष तरल पदार्थ हुन्छ । जब हामीले औँला वा शरीरको कुनै पनि जोर्नी (जस्तै घाँटी र ढाँड) पड्काउँछौँ, जोर्नीहरू बिचको तरल पदार्थको ग्यास निस्कन्छ र भित्र बन्ने बुलबुले फुट्न थाल्छ । यही कारण औँला पड्काउँदा आवाज सुनिन्छ । धेरै पटक तपाईँले महसुस गर्नुभएको हुनुपर्छ कि तपाईँको जोर्नीले एक्कासि चर्को आवाज आउँछ । यो तब हुन्छ जब तपाईँले औँलाहरूलाई एक्कासि पड्काउनु हुन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार यदि तपाईँले आफ्नो औँलाहरू धेरै पड्काउनुभयो भने, तपाईँको हातको पकड शक्ति कमजोर हुन सक्छ र तपाईँको हातमा सुन्निने समस्या पनि उत्पन्न हुन सक्छ । त्यसैले तपाईँले आफ्नो औँलाहरू धेरै पड्काउनबाट जोगिनु पर्छ ।

आर्थ्राइटिसको जोखिम!
विज्ञहरू यदि तपाईँले आफ्नो औँलाहरू पड्काउँदा कुनै दुखाइ महसुस हुँदैन भने, यसको मतलब सबै ठिक छ । तर, यदि तपाईँले आफ्नो औँलाहरू अत्यधिक रूपमा पड्काउनुभयो भयो भने त्यहाँ आथ्र्राइटिसको जोखिम हुन सक्छ ।

ढाड र घाँटी पड्काउँदा किन राम्रो लाग्छ ?
जब तपाईँ आफ्नो घाँटी र ढाड पड्काउनुहुन्छ, यसले एन्डोर्फिन निस्कन सक्छ, जुन प्राकृतिक दुखाइ निवारक हो । हामीले आवाज सुन्दा केही पक्कै भएको छ भन्ने महसुस गर्छौँ। यद्यपि यथार्थमा त्यस्तो केही हुँदैन ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ