२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सगर्मीमा माटोको भाँडोको पानी पिउनुका यस्ता छन् फाइदा

गर्मीमा माटोको भाँडोको पानी पिउनुका यस्ता छन् फाइदा


गर्मी सुरु भएको छ । यो सिजनमा पसिना बढी आउँछ । यस्तो अवस्थामा मानिसलाई धेरै तिर्खा लाग्छ । मानिसहरु सहरका बजारबाट बोतल किनेर पानी पिउने गर्छन् । घरघरमा आरओ प्रणाली जडान गरिएको छ भने गाउँमा धारा र इनारको पानी प्रयोग गरिन्छ । तर यसबाहेक पानीलाई फाइदाजनक बनाउने अर्को विकल्प पनि छ ।

गर्मीमा माटोाको भाँडोको प्रयोग निकै फाइदाजनक हुन्छ । यसले पानीलाई औषधीय बनाउँछ । घाँटीलाई शान्त पार्नुका साथै यसको पानीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ।

गुणस्तरीय पानी
सबैभन्दा राम्रो कुरा यो हो कि माटोको भाँडोको पानी पिउनाले पानीको गुणस्तरमा सुधार हुन्छ । यसले पानीमा रहेका सबै अशुद्धतालाई हटाउँछ । प्लास्टिकको बोतलजस्तै माटोको भाँडोमा कुनै रसायन प्रयोग हुँदैन । त्यसैले यो रासायनमुक्त छ ।

पीएच स्तर सन्तुलित रहन्छ
पानी पिउँदा यसको पीएच लेभल थाहा हुनुपर्छ । यसले शरीरको भित्री अंगलाई धेरै क्षति पु¥याउन सक्छ । भाँडामा राखिएको पानीको पीएच स्तर सन्तुलित रहन्छ । यो प्रकृतिमा क्षारीय हुन्छ, यसले पानीको अम्लीय तत्वहरूलाई सामान्य बनाउने काम गर्छ । माटाको भाँडोको पानी पिउँदा शरीरको पीएच लेभल पनि कायम रहन्छ ।

घाँटीको लागि राम्रो
सामान्यतया मानिसहरूले पानी चिसो गर्न फ्रिजको प्रयोग गर्छन् । फ्रिजको पानी धेरै चिसो हुन्छ । कहिलेकाहीँ धेरै जमेको पनि हुन्छ । धेरै चिसो पानी पिउँदा घाँटी दुख्ने खतरा हुन्छ । तर माटोको भाँडाको पानी चिसो भए पनि निश्चित स्तरसम्म मात्रै रहन्छ । यसले घाँटी दुख्दैन ।

लुबाट बचाउँछ
धेरै गर्मी हुँदा मानिसहरूलाई सनस्ट्रोक हुन्छ । धेरै मानिस यो स्ट्रोकको चपेटामा पर्छन् । यस्ता व्यक्तिले माटोको भाँडोको पानी पिउनुपर्छ । माटोमा जम्मा भएको पोषक तत्व पनि शरीरमा पुग्छ । यसले शरीरलाई फिट राख्छ ।

मेटाबोलिजम बढाउँछ
यसले मेटाबोलिजम बढाउन पनि काम गर्छ । प्लास्टिकको बोतलमा बिस्फेनोल जस्ता विषाक्त रसायन हुन्छ । माटोको भाँडोको पानी पिउनाले टेस्टोस्टेरोनको स्तर सन्तुलित रहन्छ । शरीरको मेटाबोलिजम राम्रो हुन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ