२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सनाइटमेयर डिसअर्डरका कारण आउन सक्छ बारम्बार नराम्रा सपना : कसलाई असर गर्छ ?

नाइटमेयर डिसअर्डरका कारण आउन सक्छ बारम्बार नराम्रा सपना : कसलाई असर गर्छ ?


हामी सबैले सपना देख्छौं । कहिले नराम्रो देख्छौ कहिले राम्रो देख्छौ । सपनाको कुनै निश्चित ढाँचा छैन । तर, यदि तपाईलाई बारम्बार नराम्रा आउन थालेको छ भने यो चिन्ताको विषय हो ।

स्वास्थ्य विज्ञहरूले चेतावनी यदि तपाइँ दैनिक आधारमा बारम्बार डरलाग्दो सपनाहरू देख्नुहुन्छ भने, तपाइँ नाइटमेयर डिसअर्डरबाट पीडित हुन सक्ने सम्भावना रहेको जनाउँछन् । नाइटमेयर डिसअर्डर यस्तो अवस्था हो, जसको बेलैमा उपचार गरिएन भने यो समस्या बढेर ठूलो जोखिम निम्त्याउन सक्छ ।

नाइटमेयर डिसअर्डर भनेको के हो?
जब कुनै व्यक्तिले बारम्बार नराम्रा सपना देखिरहन्छन्, त्यो अवस्थालाई नाइटमेयर डिसअर्डर भनिन्छ । यी सपनाहरू कहिलेकाहीँ यति डरलाग्दो हुन्छन् कि राति अचानक डरले निद्रा खुल्छ ।

उठेपछि पनि केही समय डरको अनुभूति जारी रहन्छ । यस्ता सपना प्रायः मध्यरातमा आउँछन् । यसको आगमनको कुनै निश्चित समय छैन । नराम्रो सपना देखेपछि फेरि सुत्न गाह्रो हुन्छ । य

दि तपाईमा यस्ता लक्षणहरू देखिरहनुभएको छ र धेरै दिनदेखि यही भइरहेको छ भन डाक्टरलाई भेट्न ढिला नगर्नुहोस् । किनभने यो एक दुःस्वप्न विकार हुन सक्छ, जुन एक प्रकारको प्यारासोम्निया हो ।

नाइटमेयर डिसअर्डरका कारणहरु
१. मुड स्विङहरू, जस्तै तनाव र डिप्रेशन
२. निद्रामा अवरोध
३. थकान
४. दिनमा निद्रा आउँदा
५. काममा एकाग्रताको कमी
६. व्यवहार सम्बन्धी कुराहरू
७. काम बिग्रँदा

यसको लक्षण
१. पसिना आउने
२. सास फेर्न कठिनाई हुने
३. मुटुको धडकन छिटो छिटो हुने
४. रिस
५. चिन्ता
६. अप्ठ्यारो
७. उदासीनता

नाइटमेयर डिसअर्डरले कसलाई असर गर्छ ?
यसले बालबालिका र वयस्कहरू सहित जो कोहीलाई असर गर्न सक्छ । यो डिसअर्डरले प्रायः ती मानिसहरूलाई असर गर्छ जो यी समस्याहरूले घेरिएका छन् ।
१. आरइएम बिहेवियर डिसअर्डर (आरबिडी)
२. नार्कोलेप्सी
३. स्लीप एपनिया
४. पेरियोडिक लिम्ब मूभमेन्ट डिसअर्डर (पिएलएमडी)
५. पोस्ट ट्राउमेटिक स्ट्रेस डिसअर्डर (पिटीएसडी)
६. एन्जाइटी डिसअर्डर
७. सामाजिक एन्जाइटी डिसअर्डर
८. डिप्रेशन

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ