२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयस्ता छन् गर्मीमा दही सेवनका फाइदा

यस्ता छन् गर्मीमा दही सेवनका फाइदा


गर्मीको मौसम आउनेबित्तिकै हामी सबैले चिसो चिसो खानेकुराको सेवन गर्न थाल्छौं, जसले गर्दा चर्को गर्मीमा हाम्रो शरीर चिसो रहन्छ । गर्मीमा चिसो खानेकुरालाई आहारको हिस्सा बनाउन पनि स्वास्थ्य विशेषज्ञहरु सुझाव दिन्छन् । विशेषगरी चिसो प्रभाव पार्ने खानेकुराहरू तरबूजा, खरबुजाजस्ता फलफूल, लस्सी, मोही र दही जस्ता पेय पदार्थ खानुपर्छ ।

गर्मी मौसममा दही खाँदा शरीर शीतल र स्वस्थ रहन्छ । त्यसैले पनि यसलाई आफ्नो दैनिक खानामा समावेश गर्नु राम्रो हुन्छ ।
दहीमा क्याल्सियमका साथै प्रोटिन, कार्बोहाइड्रेट, आइरन, म्याग्नेसियम, पोटासियम, सोडियम, फस्फोरस, जिंक, कपर, सेलेनियम, भिटामिन–सी, भिटामिन–बी६, भिटामिन–ए, भिटामिन–बी, भिटामिन–के जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । उपस्थित छन् ।

गर्मीमा दहीको फाइदा

  • गर्मी मौसममा दैनिक दही खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउदै स्वास्थ्यलाई पनि स्वस्थ राख्छ ।
  • दहीको सेवनले पनि हड्डी बलियो बनाउँछ । दहीमा राम्रो मात्रामा क्याल्सियम र फस्फोरस पाइन्छ, जसले हड्डी र दाँतलाई स्वस्थ राख्न काम गर्छ । यदि तपाई तौल घटाउन खोज्दै हुनुहुन्छ भने दही तपाईको लागि यसमा पनि निकै उपयोगी हुन सक्छ । दहीमा प्रोटिन र हेल्दी फ्याट पनि हुन्छ, जसले उच्च कोलेस्ट्रोलको समस्यालाई कम गर्छ ।
  • दही एक प्रोबायोटिक पनि हो, जुन पाचन प्रणालीलाई बलियो राख्न तातो मौसममा दैनिक सेवन गर्न सकिन्छ । दहीमा पाइने राम्रो ब्याक्टेरियाले पेटलाई स्वस्थ राख्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ