२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सपेट फुल्ने र अमिलो डकार आउने समस्याबाट बच्न खाना खाँदा दिनुहोस् यी ५ कुरामा ध्यान

पेट फुल्ने र अमिलो डकार आउने समस्याबाट बच्न खाना खाँदा दिनुहोस् यी ५ कुरामा ध्यान


पेट फुल्नु, पेट भारी हुनु वा खाना खाएको केही बेरमा निद्रा लाग्नु यी केही लक्षण हुन् । जसले पाचन प्रक्रियालाई ढिलो गराउँछ । यी समस्याहरूले स्वास्थ्यमा नराम्रो असर गर्नुका साथै तपाईंको दैनिक जीवनको कार्य पनि घट्छ । त्यसैले पाचन शक्ति बढाउन आवश्यक हुन्छ । यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ औषधि नलिई पनि आफ्नो पाचन सुधार गर्न सक्नुहुन्छ, र यसका लागि तपाइँले खाना खाँदा खानाको आधारभूत नियमहरूलाई ध्यानमा राख्नु पर्ने हुन्छ ।

औषधिबिना पाचन कसरी सुधार गर्ने?
खानाको आधारभूत नियम ५ साना बिन्दुहरु मिलेर बनेको छ । खाना खाँदा हरेक पटक यी साना कुरालाई ध्यानमा राख्नुभयो भने औषधिबिना नै पाचन क्रियामा सुधार हुन्छ ।

१. बसेर खाना खाने
खाना खाँदा एकै ठाउँमा बसेर खानुपर्छ । उभिएर खाना खानु स्वास्थ्यका लागि कुनै पनि हिसाबले फाइदाजनक हुँदैन । जब तपाईं घरमा हुनुहुन्छ, भुइँमा बसेर परम्परागत शैलीमा खाना खाने प्रयास गर्नुहोस् ।

२. मन शान्त राख्ने
खाना खाँदा मन शान्त हुनुको प्रत्यक्ष सम्बन्ध पाचनसँग हुन्छ । किनकी शान्त दिमागले खाना खाँदा खाना पचाउन र शरीरमा पाचन शक्ति बढाउन आवश्यक हर्मोनको स्राव राम्रोसँग हुन्छ र एसिड–अल्कालीको सन्तुलन कायम रहन्छ ।

३. राम्रोसँग चपाएर खाने
खाना सधैं बिस्तारै खानुपर्छ र राम्ररी चपाएर खानुपर्छ । आयुर्वेदमा उचित पाचनका लागि एक कुरा ३२ पटक चपाउन सिफारिस गरिएको छ । यद्यपि हामीलाई थाहा छ कि आजको समयमा सबैका लागि त्यसो गर्न सम्भव छैन । तर तपाईले खानालाई राम्ररी चपाएर खानु पर्छ जसले गर्दा नरम खाना आन्द्रामा पुग्छ । यसो गर्नाले पाचन शक्ति पनि बढ्छ ।

४. मस्तिष्कलाई समय चाहिन्छ
तपाईले जे खानुहुन्छ, मस्तिष्कलाई त्यो खाना लिन, यसको सही मात्रा र पोषण आदि बुझ्न २० मिनेट लाग्छ । तब मात्र तपाईको दिमागले तपाईलाई बस अब आवश्यक छैन भन्ने संकेत दिन सक्षम हुन्छ । तर जब तपाइँ टिभी वा मोबाइल हेर्दै खाना धेरै छिटो खानुहुन्छ, मस्तिष्कले तपाइँलाई तपाइँको आवश्यकता पूरा गर्ने संकेत दिन्छ, । तर त्यतीबेलासम्म तपाईँले अधिक मात्रामा खाना खाएको हुनुहुन्छ ।

५. इन्जाइम र इन्द्रियहरूको प्रयोग
खानालाई राम्ररी चपाउँदा मुखमा उत्पादन हुने इन्जाइमले यसलाई पचाउन धेरै मद्दत गर्छ । साथै, जब तपाईं आफ्नो सम्पूर्ण इन्द्रियहरू अर्थात् देख्न, गन्ध, अनुभव, स्वाद आदिका साथ खाना खानुहुन्छ, तब शरीरले यस खानाबाट पोषक तत्वहरू राम्रोसँग ग्रहण गर्न सक्षम हुन्छ र यसले पाचन प्रक्रियामा पनि सुधार गर्दछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ