२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयस्ता छन् केचप खानुका बेफाइदा

यस्ता छन् केचप खानुका बेफाइदा


केचप जंक फूडको ठूलो मात्रा हो । चाउमिन, बर्गर जस्ता वस्तुहरू केचपविना स्वादिलो ​​हुँदैन । बच्चा हुन् वा वयस्क, यी जंक फूडहरू केचपसँग ठूलो स्वादका साथ खान्छन् । अर्कोतर्फ, बच्चाहरूले सामान्यतया रोटी, ब्रेड वा कुनै पनि आहारसँग केचप लिन्छन् । स्वादमा गुलियोे र अमिलो भएकाले निकै स्वादिलो ​​लाग्छ ।  स्वादको लागि धेरै पटक धेरै खाइन्छ । तर केचप खाँदा पनि स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या हुन सक्छ ।

मधुमेह हुन सक्छ
टोम्याटो केचप बनाउन धेरै प्रकारका केमिकल र प्रिजर्भेटिभको प्रयोग गरिन्छ । यसमा चिनी पनि धेरै हुन्छ । केचप खाँदा मोटोपना बढ्न सक्छ साथै मधुमेह पनि हुनसक्छ ।

उच्च रक्तचापको जोखिम
केचपमा पनि पर्याप्त मात्रामा नुन प्रयोग गरिन्छ । मिठाससँगै थप अमिलोको स्वाद पनि हुन्छ । यसको अत्याधिक सेवनले हाइपरटेन्सन् अर्थात् उच्च रक्तचापको समस्या पनि निम्त्याउन सक्छ ।

ग्यास्ट्रिकको समस्या हुन सक्छ
टोम्याटो केचपमा धेरै प्रकारका केमिकलहरू प्रयोग गरिन्छ । यसले पेटमा एसिडिटी र ग्यास सम्बन्धी समस्या निम्त्याउन सक्छ । पोल्ने समस्या पनि हुन सक्छ ।

गोलभेँडाको पोषक तत्व नष्ट हुन्छ
जुन प्रक्रियाबाट टोम्याटोे केचप बनाइन्छ, यसले टमाटरका सबै पोषक तत्व नष्ट गर्छ । यसबाट कुनै पनि प्रकारको फाइदा नहुने विहरु जनाउँछन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ