२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सपानीको बोतलमा जमेको फोहोर कसरी गर्ने सफा ?

पानीको बोतलमा जमेको फोहोर कसरी गर्ने सफा ?


पानी पिउनाले स्वास्थ्य निकै राम्रो हुन्छ तर फोहोर बोतल वा भाँडोमा पानी पिउँदा यो झनै हानीकारक हुन पुग्छ । घर, अफिस वा यात्रा गर्दा हामी पानी पिउन प्लास्टिक, फ्लास्क, स्टिलका बोतलहरू प्रयोग गर्छौं । केही मानिसहरूले आफ्नो पानीको बोतल हरेक दिन वा हप्तामा एक पटक सफा गर्छन् । तर कतिपय मानिसहरु खासै ध्यान दिँदैनन् ।

जसले गर्दा पानीको बोतलमा जम्मा भएको फोहोरसँगै पानी पिइन्छ । पानीको बोतलको मुख सानो भएकाले पनि खासै सफा गरिँदैन ।

पानीको बोतल कसरी सफा गर्ने?

तातो पानी
प्लास्टिकको बोतलमा बढी कडा फोहोर जम्मा भयो भने सजिलै बाहिर निस्कँदैन । यसका लागि तातोपानी प्रयोग गर्नुपर्छ । सिसा र स्टिलका बोतलहरू पनि सजिलै सफा गर्न सकिन्छ । तर तातो पानी सिधै बोतलमा हाल्नुहुँदैन किनकि यसले बोतललाई हानि पु¥याउन सक्छ । र प्लास्टिकको बोतल पग्लन सक्छ । त्यसैले सबैभन्दा पहिले धातुको भाँडोमा पानी निकाल्नुहोस् र त्यसपछि आरामसँग सफा गर्नुहोस् ।

कागती, नुन र बरफ
बोतल राम्ररी सफा गर्न, आधा बोतल पानीले भर्नुहोस् । त्यसपछि चार टुक्रा कागती, नुन र आइस क्यूब हालेर हल्लाउनुहोस् । यसले तपाईंको बोतल सफा गर्नेछ र सबै ब्याक्टेरियाहरू मर्नेछ ।

बेकिंग सोडा र भिनेगर
पानीको बोतल सफा गर्न सबैभन्दा पहिले बेकिंग सोडा लिनुहोस् र त्यसमा भिनेगर हाल्नुहोस् । यसले सफा एजेन्टको रूपमा काम गर्दछ । त्यसपछि बोतलको बिर्को बन्द गर्नुहोस् र यसलाई राम्रोसँग हल्लाउनुहोस् । पछि बोतललाई सफा पानीले धुनुहोस् । त्यसपछि बिस्तारै बोतल सुक्न दिनुहोस् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ