२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सउमेर अगावै देखिने चाउरीपनाबाट बच्न  यी टिप्स

उमेर अगावै देखिने चाउरीपनाबाट बच्न  यी टिप्स


हरेक मानिस सधैं जवान देखिन चाहन्छन् । तर आजकल मानिसहरुमा समय भन्दा पहिले नै चाउरीपना देखा पर्न थालेको छ । यसको सबैभन्दा ठूलो कारण खराब जीवनशैली र खानपान हो । यदि मानिसको खानपान र जीवनशैली राम्रो छ भने त्यसको प्रत्यक्ष असर अनुहार र शरीरमा देखिन्छ ।

डाक्टर र आहारविद्हरूले राम्रो स्वास्थ्य चाहाने व्यक्तिले राम्रो खाना खानुपर्छ भनेर सुझाव दिइरहेकै हुन्छन् । सानै उमेरमा चाउरी पर्ने समस्या हुनु कुनै तनाव भन्दा कम होइन । त्यस्तै समयअघि नै आँखाको मुनि चाउरीपना देखिनु पनि हालको एक समस्या नै हो ।

यसका लागि यी कुरामा ध्यान दिनु जरुरी छ  : 

चिनी सेवन नगर्ने

सेतो चिनी वा परिष्कृत चिनीबाट बनेका चीजहरू मधुमेह रोगीहरूको लागि खतरनाक हुन सक्छ । सेतो चिनी छाला र कपाल दुवैको लागि धेरै खतरनाक छ । धेरै गुलियो खाना खाँदा पनि हाम्रो शरीरमा चाउरीपना देखिने हुन्छ । जसको प्रभाव अनुहारमा प्रष्ट देखिन्छ । त्यसैले सकेसम्म चिनीको सेवन शून्यमा झार्नु राम्रो हुन्छ ।

चिल्लो र तारेका खानेकुरा

धेरै मानिसहरू चिल्लो र तारेका खाना खान मन पराउँछन् । त्यस्तै धेरै मानिसहरू यसलाई पकाउन अस्वस्थ तेल प्रयोग गर्छन् । यसका साथसाथै तेललाई बारम्बार तताएर प्रयोग गर्दा स्वास्थ्यमा ठूलो हानी हुन्छ । घरमा होस् वा बाहिर, धेरै तेलयुक्त खानेकुरा खाँदा स्वास्थ्य बिगार्छ । यसले मुटुको रोग मात्र नभई अनुहारमा  चाउरीपना पनि देखिन थाल्छ । बर्गर, फ्रेन्च फ्राइज, समोसा, पकौडा, डिप फ्राइड चिकेन जस्ता खानेकुराबाट सकेसम्म दुरी कायम राख्नुपर्छ । यसो चाउरी र पिम्पलको समस्या कम हुन थाल्छ ।

रक्सी र चुरोट

रक्सी र चुरोटलाई समाजका लागि हानिकारक मानिन्छ । यो स्वास्थ्यको हिसाबले पनि नराम्रो हो । यी दुईको अत्याधिक सेवनले छालामा क्षति पुग्न थाल्छ ।

सफ्ट ड्रिंक्सको प्रयोग

गर्मीको मौसममा मानिसहरुले तुरुन्तै तिर्खा मेटाउन चिसो पेयपदार्थ बढी पिउने गर्छन् । धेरै मानिसहरु धेरै सफ्ट ड्रिंक्सका साथै एनर्जी ड्रिंक्स पनि पिउने गर्छन् । जसका कारण छाला बिग्रन सक्छ । यसको साटोमा उखुको जुस, ताजा फलफूलको जुस, लस्सी, तरकारीको जुस जस्ता प्राकृतिक पेयपदार्थ पिउने हो भने यसले छालालाई चम्किलो राख्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ