२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सभित्री वस्त्रको पनि हुन्छ म्याद सकिने मिति ?

भित्री वस्त्रको पनि हुन्छ म्याद सकिने मिति ?


आफ्नो शरीरमा जति ध्यान दिइन्छ, यति नै ध्यान आफ्नो शरीरको सबैभन्दा नजिकका कपडाहरूमा दिनुपर्छ । अर्थात् भित्री वस्त्रको पनि उत्तिकै ख्याल राख्नुपर्छ । धेरै मानिसहरूले धेरै वर्षदेखि एउटै अन्डरवेयर प्रयोग गरेको देखिन्छ । प्राय ती थोत्रा नभई यसलाई फ्याँक्नु आवश्यक ठान्दैनन् ।

भित्री वस्त्र सोच्दा सामान्य लागे पनि हाम्रो स्वास्थ्यको लागि यसको हेरचाह निकै महत्वपूर्ण कुरा हो । पुराना अन्डरवेयरले एलर्जी र संक्रमणको जोखिम पनि बढाउँछ । एनवाइयू स्कूल अफ मेडिसिनका प्रोफेसर फिलिप टिएर्नो भन्छन् ‘कुनै पनि अंडरवेयरको म्याद समाप्त हुने मिति छैन तर यदि भित्री वस्त्र खुकुलो भएको छ वा प्यवाल परेको छ भने तुरुन्तै यो परिवर्तन गर्नुपर्छ ।

विज्ञहरू भन्छन् ‘लुज–फिटिंग अन्डरवेयर तथा अत्यधिक टाइट अन्डरवेयरले पनि समस्या सिर्जना गर्न सक्छ । यसले मानीसको ध्यान विचलित गर्दै, अंगमा पनि जलन पैदा गर्छ । यति मात्र होइन, जब पुरानो अन्डरवियर बिग्रन थाल्छ, तब त्यसमा चिसो बन्न थाल्छ, जसका कारण यसमा ब्याक्टेरिया बढ्न थाल्छ र ब्याक्टेरियाको वृद्धिका कारण धेरै समस्याहरु आउन सक्छन् । धेरै पुरानो र कमजोर अवस्थामा भएको अन्डरवेयर लगाउँदा छालामा दाग बढ्ने सम्भावना हुन्छ ।

विशेषज्ञहरूले जत्तिसुकै राम्रो अवस्थामा भएपनि भित्री वस्त्र प्रत्येक ६ महिनामा परिवर्तन गर्न सुझाव दिन्छन् । धेरै दिनसम्म नधोइकन प्रयोग गर्ने गर्नुहुँदैन । एउटै अन्डरवेयरलाई लामो समयसम्म नधोइकन प्रयोग गर्दा स्वास्थ्यबिग्रने सम्भावना बढ्छ जसले गोप्य अंगको संक्रमण लगायत धेरै समस्या निम्त्याउन सक्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ